जाडोमा बिहान सबेरै उठ्न गाह्रो हुन्छ ? अपनाउनुहोस् यी टिप्स

काठमाडौं । जाडोमा न्यानो भएर सुतेको बेला एकाबिहानै कम्बलबाट बाहिर निस्कन कसलाई मन लाग्ला र ? यहीकारण पनि जाडो मौसमका दिनमा बिहान उठ्न ढिलो हुन्छ र दिनभरको दिनचर्या गडबड हुने गर्छ । त्यसैले आज हामी तपाईंलाई केही यस्ता टिप्स बताउनेछौँ, जसको सहायताले जाडो मौसममा बिहान सबेरै उठ्न मद्दत मिल्नेछ । सुत्ने समय तालिका बनाउने हरेक […]

Nov 26, 2024 - 12:17
 0
जाडोमा बिहान सबेरै उठ्न गाह्रो हुन्छ ? अपनाउनुहोस् यी टिप्स

काठमाडौं । जाडोमा न्यानो भएर सुतेको बेला एकाबिहानै कम्बलबाट बाहिर निस्कन कसलाई मन लाग्ला र ? यहीकारण पनि जाडो मौसमका दिनमा बिहान उठ्न ढिलो हुन्छ र दिनभरको दिनचर्या गडबड हुने गर्छ । त्यसैले आज हामी तपाईंलाई केही यस्ता टिप्स बताउनेछौँ, जसको सहायताले जाडो मौसममा बिहान सबेरै उठ्न मद्दत मिल्नेछ ।

सुत्ने समय तालिका बनाउने

हरेक रात एकै समयमा सुत्ने र उठ्ने प्रयास गर्नुहोस् । यसले तपाईंको शरीरलाई एक निश्चित निद्रा चक्रमा रहन सहयोग गर्दछ । अधिकांश वयस्कलाई ७/८ घण्टा निद्राको आवश्यक पर्छ । त्यसैले पर्याप्त निद्रा लिने प्रयास गर्नुहोस् ।

सुत्नुअघि स्क्रिन समय कम गर्ने

स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरबाट निस्कने निलो प्रकाशले तपाईंको निद्राको गुणस्तरलाई असर पार्नसक्छ । त्यसैले सुत्नुभन्दा कम्तीमा एक घण्टा अगाडि इलेक्ट्रोनिक उपकरण प्रयोग गर्न बन्द गर्नुहोस् । यसले निद्राको गुणस्तर सुधार गर्नेछ ।

आरामदायी सुत्ने वातावरण सिर्जना गर्ने

सुत्ने कोठा अँध्यारो र शान्त हुनुपर्छ । यसले तपाईंलाई निद्रा पूरा गर्न मद्दत गर्छ र तपाईंको स्वास्थ्यलाई पनि धेरै फाइदा हुन्छ । अन्धकारमा मेलाटोनिन हर्मोन बढी निस्कन्छ, जसले निद्राको गुणस्तरमा सुधार गर्छ र बिहान ताजा महसुस गराउँछ ।

बिहान उठ्न उत्प्रेरित रहने

तपाईं बिहान उठ्दा के गर्न चाहनुहुन्छ भन्ने लक्ष्य सेट गर्नुहोस् । यसले तपाईंको दिमागमा सन्देश पठाउनेछ कि बिहान सबेरै उठ्नुपर्छ । साथै, केही गतिविधि गर्नुहोस्, जसले तपाईंको दिमागलाई राम्रो महसुस गराउँछ ।

अलार्मलाई टाढा राख्ने

अलार्मलाई ओछ्यानबाट टाढा राख्नुहोस् ताकि तपाईं यसलाई बन्द गर्न उठ्नुपर्छ । यसले तपाईंलाई ब्युँझाउनेछ र अल्छिपना टाढा भाग्नेछ ।

प्रकाश आउने ठाउँमा सुत्ने

बिहानको उज्यालोले तपाईंको शरीरलाई दिन सुरु भएको संकेत दिन्छ । यसले तपाईंलाई उठ्न मद्दत गर्नेछ र ताजा महसुस गर्नुहुनेछ । यदि सम्भव छ भने बिहानको घाममा केही समय बिताउनुहोस् र आफ्नो घरको झ्याल र ढोका खोल्नुहोस् ।

पानी पिउने

बिहान उठेपछि एक गिलास पानी पिउनाले शरीरलाई हाइड्रेट गर्न र पाचन प्रणालीलाई सक्रिय बनाउँछ । यसले तपाईंलाई ताजा महसुस पनि गराउँछ ।

खाजा खाने

हल्का र पौष्टिक नास्ताले तपाईंलाई दिनभर ऊर्जावान् बनाउँछ । यसले तपाईंलाई दिनभर काम गर्न ऊर्जा दिनेछ र राम्रो महसुस गर्नुहुनेछ ।

अर्को दिनको योजना बनाउने

अर्को दिन के गर्ने भनेर राती योजना बनाउनुहोस् । यसले पनि तपाईंलाई बिहान उठ्न मद्दत गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register