गुल्मी जिल्ला समाज यूकेको अपांगता दिवस च्यारिटी मिडल्यान्डमा

लन्डन- विश्व अपांगता दिवसको अवसरमा गुल्मी जिल्ला समाज यूकेले वर्षेनी गर्दै आएको च्यारिटी कार्यक्रम यस वर्ष पनि निरन्तर हुने भएको छ । आगामी डिसेम्बर १ तारिख आइतबार मिडल्यान्डको मार्केट हारबरोस्थित हारबरो टाउन कम्युनिटी फुटबल ग्राउन्डमा अपांगता दिवस च्यारिटी कार्यक्रम तय छ । विगतमा अधिकांश वर्षहरुमा लन्डनमै हुंदै आएको यो कार्यक्रम अहिले दोस्रोपटक मिडल्यान्डमा गर्न लागिएको […]

Nov 27, 2024 - 15:28
 0
गुल्मी जिल्ला समाज यूकेको अपांगता दिवस च्यारिटी मिडल्यान्डमा

लन्डन- विश्व अपांगता दिवसको अवसरमा गुल्मी जिल्ला समाज यूकेले वर्षेनी गर्दै आएको च्यारिटी कार्यक्रम यस वर्ष पनि निरन्तर हुने भएको छ ।

आगामी डिसेम्बर १ तारिख आइतबार मिडल्यान्डको मार्केट हारबरोस्थित हारबरो टाउन कम्युनिटी फुटबल ग्राउन्डमा अपांगता दिवस च्यारिटी कार्यक्रम तय छ ।

विगतमा अधिकांश वर्षहरुमा लन्डनमै हुंदै आएको यो कार्यक्रम अहिले दोस्रोपटक मिडल्यान्डमा गर्न लागिएको हो ।

बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म निर्धारित कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति गर्ने भएका छन् ।

सो अवसरमा गायक दीपक घर्ती मगर, गायिका रेजिना परियार र मोडल रुबिना अधिकारीले प्रस्तुति गर्ने समाजका महासचिव महलाल घिमिरेले जानकारी दिए। साथमा प्रथम नौमति बाजा गुल्मी यूकेको प्रस्तुति पनि कार्यक्रममा रहनेछ ।

कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संस्था र समुदायका अभियन्ताहरु पनि आमन्त्रित छन् ।

च्यारिटी कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष मुकुन्द खरालले गर्दैछन् भने सहसंयोजक कार्यसमिति सदस्य सुरेश केसी छन् ।

संयोजक खरालले मिडल्यान्डमा हुन लागेको च्यारिटी कार्यक्रमलाई सफल पार्ने अठोटसहित आफूहरु तयारीमा जुटेको बताए।
च्यारिटी कार्यक्रममा सहभागिताको लागि २५ पाउण्डको टिकट राखिएको छ जसमा डिनर समेत उपलब्ध गराइनेछ ।

कार्यक्रममा सहभागी हुन तथा अपांगता भएकाहरुलाई सहयोग गर्ने पवित्र उद्धेश्यले हुन लागेको कार्यक्रममा सहयोग गर्न समाजले बेलायतस्थित सिंगो नेपाली समुदायलाई आव्हान गरेको छ ।

गुल्मी जिल्ला समाज यूकेले विश्व अपांगता दिवसको अवसर पारेर विगत १३ वर्षदेखि बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रमबाट संकलित रकमबाट गुल्मी र नेपालका अन्य जिल्लामा समेत अपांगता भएकाहरुको लागि सहयोग गरिंदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register