बेक्सली नेप्लिज् कम्युनिटीले मनायो नेपालनै विर्साउने होली ।
बेक्सली नेप्लिज् कम्युनिटीले मनायो नेपालनै विर्साउने होली ।
बेक्सली नेप्लिज् कम्युनिटीको संयोजनमा हाम्रो राष्ट्रीय पर्र्व होली मनाएको छ। नेपाल बाट आउनुभएका पाहुना हरु ( जेष्ठ नागरिक हरु) बेक्सली नेप्लिज् समाज को सदस्य सबिता रुपाखेती का पिता केशव रुपाखेती, प्रबृत्ति भन्डारी का आमा र हेमन्त सेढाई को आमा ले संयुक्त रुपमा समाजको अध्यक्ष आनन्द धरेल लाई अबिर लगाएर कार्यक्रम को सुरुवात गरिएको थियो।
कार्यक्रम मा समाजको उपाध्यक्षहरु बिजिता गौतम, कमल गुरुङ, महासचिव केदार थपलिया, कोषाध्यक्ष दिपेन्द्र सिटौला, सह कोषाध्यक्ष बाल मुकुन्द प्रसाईं, सदस्यहरु, सल्लाहकार हरु, बालबालिका र बयस्क गरी करिब २०० जना को सहभागिता रहेको थियो। डेन्सन पार्क को मध्य भागमा सबै जाना बेक्सली नेप्लिज् कम्युनिटीको सदस्यहरू मिलेर होली खेलेका छन्।
चिसो मौसमको पनि पर्वाह नगरी सुबैजना बच्चा देखी वृद्धासम्म होलीको रंगमा रमाएका थिए । बेक्सली नेपाली समाजकोको आयोजनामा होली कार्यक्रम उप समितिको संयोजक संजिव सुबेदी र सदस्यहरु अहिल्या कुँवर, बिजिता गौतम र सबिता सिवाकोटी सहकार्य मा कार्यक्रम सफल भएको थियो ।होलीका संयोजक संदिप सुवेदीले २५ kg विभिन्न प्रकार का रंगहरु संस्थाले किनेको जानकारी दिनु भयो । साथै सबैलाई सेतो प्रकारको होलीको लुगा लगाउन पनि अनुरोध गरिएको थियो । केही होलीका लुगा नेपाल बाट पनि मगाईएको कर्यसमीती का सदस्य अहिल्या कुँवर ले बताउनु भयो।
“होली रंगको मात्र नभाई प्रेम सदभावको पर्व हो” होली खेल्दै अध्यक्ष आन्नद धरेल ले बताउनु भयो । छोटो समय भएपनि कोही नाचगानमा मास्त थिए ,केही रंग लगाउन तलिन थिए त कोही TikTok बनाउन मस्त देखिन्थ्य । बच्चाहरुपनि निकै उत्साहित भएर होली खेली रहेका थिए ।भने बच्चा हरूको लागी संस्था बाट क्रिप्स पानी को ब्यबस्था गरिएको थियो ।
Photo Collections:
What's Your Reaction?