संसदीय समितिले गर्‍यो राजविराजस्थित कारागार र थुनुवा कक्षको निरीक्षण

राजविराज । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार संसदीय समितिको टोलीले राजविराजस्थित कारागार तथा प्रहरीको थुनुवा कक्षको निरीक्षण गरेको छ । समितिकी सभापति विमला सुवेदी तथा सदस्य रन्जु ठाकुर, पुष्पबहादुर शाह, शेरबहादुर कुवँर, नवीना यादव र प्रतिक्षा तिवारी सम्मिलित टोलीले राजविराज कारागार तथा जिल्ला प्रहरी कार्यालय सप्तरीस्थित थुनुवा कक्षको निरीक्षण गर्दै आवश्यक जानकारी लिएको हो । […]

Nov 27, 2024 - 23:53
 0
संसदीय समितिले गर्‍यो राजविराजस्थित कारागार र थुनुवा कक्षको निरीक्षण

राजविराज । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार संसदीय समितिको टोलीले राजविराजस्थित कारागार तथा प्रहरीको थुनुवा कक्षको निरीक्षण गरेको छ ।

समितिकी सभापति विमला सुवेदी तथा सदस्य रन्जु ठाकुर, पुष्पबहादुर शाह, शेरबहादुर कुवँर, नवीना यादव र प्रतिक्षा तिवारी सम्मिलित टोलीले राजविराज कारागार तथा जिल्ला प्रहरी कार्यालय सप्तरीस्थित थुनुवा कक्षको निरीक्षण गर्दै आवश्यक जानकारी लिएको हो ।

त्यस क्रममा थुनुवा कक्ष तथा कारागारमा रहेका कैदी/बन्दीसँग समस्याबारे साक्षात्कार गर्नुका साथै समाधान र सुधारका लागि गरिनुपर्ने कार्यबारे सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीसँग टोलीले सुझावसमेत लिएको थियो ।

यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित छलफलमा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले थुनुवाको अवस्था तथा विद्यमान समस्याकाबारे संसदीय टोलीलाई जानकारी गराए ।

सप्तरी कारागारका समस्या र थुनुवाको अवस्था बारेमा जानकारी गराइएको थियो ।

टोलीकी सदस्य सांसद रञ्जुकुमारी ठाकुरले हिरासतमा रहेका बन्दीको अवस्था, समस्या, अधिकार, कारागार र थुनुवाकक्ष भवन संरचनाको अवस्थालगायत विषयमा टोलीले अध्ययन गरी समाधानका उपायसहित सरकारलाई प्रतिवेदन बुझाउने बताइन् । उनले विगतका कानुनमा देखिएका त्रुटि सुधार र अब आवश्यक पर्ने विषय समेटेर परिर्माजनका लागिसमेत सुझाव तथा निर्देशन दिइने जानकारी दिइन् । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register