भारतले चीनको मेगा तिब्बत बाँध परियोजनाको निगरानी गर्ने

नयाँदिल्ली । भारतले शुक्रबार तिब्बतको माथिल्लो भागमा निर्माण गर्न लागिएको विशाल जलविद्युत् बाँध परियोजनाबारे चीनसँग चिन्ता व्यक्त गरेको छ । भारतले आफ्नो हितको रक्षाका लागि आवश्यक निगरानी र उपायहरू अपनाउने’ बताएको छ । यदि निर्माण भएमा यो बाँधले मध्य चीनको याङ्जी नदीमा रहेको रेकर्ड तोड्ने थ्री गर्जेस बाँधलाई उछिन्नेछ र यसले भारत र बङ्गलादेशका तल्लो […]

Jan 3, 2025 - 15:53
 0
भारतले चीनको मेगा तिब्बत बाँध परियोजनाको निगरानी गर्ने

नयाँदिल्ली । भारतले शुक्रबार तिब्बतको माथिल्लो भागमा निर्माण गर्न लागिएको विशाल जलविद्युत् बाँध परियोजनाबारे चीनसँग चिन्ता व्यक्त गरेको छ । भारतले आफ्नो हितको रक्षाका लागि आवश्यक निगरानी र उपायहरू अपनाउने’ बताएको छ ।

यदि निर्माण भएमा यो बाँधले मध्य चीनको याङ्जी नदीमा रहेको रेकर्ड तोड्ने थ्री गर्जेस बाँधलाई उछिन्नेछ र यसले भारत र बङ्गलादेशका तल्लो तटीय क्षेत्रका लाखौँ मानिसलाई सम्भावित गम्भीर असर पर्नेछ ।

चीनको आधिकारिक सिन्ह्वा समाचार एजेन्सीले गत महिना तिब्बतमा यार्लुङ साङ्पो र भारतमा ब्रह्मपुत्र भनेर चिनिने नदीमाथि परियोजनाको घोषणा गरेको थियो । यसलाई बेइजिङको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रको आर्थिक लक्ष्यसँग जोडिएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले शुक्रबार भने, “ब्रह्मपुत्रको तल्लो तटीय राज्यहरूको हितलाई माथिल्लो तटीय क्षेत्रहरूमा हुने गतिविधिहरूले हानी नपुर्‍याउने सुनिश्चित गर्न चीनलाई आग्रह गरिएको छ ।”

“नयाँदिल्लीले हाम्रो हितको रक्षा गर्न निगरानी र आवश्यक उपायहरू जारी राख्नेछ”, उनले पत्रकारहरूलाई भने, “भारतसँग नदीको पानीमाथि स्थापित अधिकार छ र उनीहरूको (चिनियाँ) क्षेत्रमा नदीहरूमा मेगा परियोजनाहरूबारे हाम्रा विचार र चिन्ताहरू लगातार व्यक्त गर्दै आएका छौँ, पछिल्लो प्रतिवेदनपछि यी कुराहरू पारदर्शिता र तल्लो तटीय देशहरूसँग परामर्शको आवश्यकतासहित दोहोर्‍याइएका छन् ।”

चीनको विदेश मन्त्रालयले गत महिना ‘बेइजिङले सीमापारका नदीहरूको विकासका लागि सधैँ जिम्मेवार दृष्टिकोण राखेको छ’ र जलविद्युत् परियोजनाको उद्देश्य ‘स्वच्छ ऊर्जाको विकासलाई गति दिने र जलवायु परिवर्तनको समाधान गर्न लक्षित छ’ भनेको थियो ।

यसले तल्लो तटीय क्षेत्रमा नकारात्मक प्रभाव नपार्ने भन्दै मन्त्रालयले तटीय देशहरूसँग सञ्चार पनि कायम राख्ने बताएको थियो ।

तल्लो तटीय चिन्ताका अतिरिक्त विगतमा वातावरणविद्हरूले पारिस्थितिकीय रूपमा संवेदनशील तिब्बती पठारमा यस्ता विशाल परियोजनाहरूको अपरिवर्तनीय प्रभावबारे चेतावनी दिएका छन् ।

छिमेकी र प्रतिद्वन्द्वी एसियाली शक्ति भारत र चीन दुवैले हजारौँ किलोमिटर विवादित सीमा साझा गर्छन् र दुवै पक्षमा दशौं हजार सैनिक तैनाथ छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register