नेपालमा विज्ञान र जियोइन्जिनियरिङको क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह

काठमाडौं  । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ, र जियोइन्जिनियरिङको क्षेत्रमा थुप्रै चुनौती रहेको बताएका छन् । काठमाडौंमा आजबाट सुरु भएको दिगो पूर्वाधारका लागि जियोटेक्निक्स विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले नेपालमा ठूलो असर पुर्‍याएको चर्चा गरे । “नेपालमा भूकम्प र बाढीपहिरोले देशलाई ठूलो क्षति पुर्‍याएको […]

Nov 28, 2024 - 08:29
 0
नेपालमा विज्ञान र जियोइन्जिनियरिङको क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह

काठमाडौं  । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ, र जियोइन्जिनियरिङको क्षेत्रमा थुप्रै चुनौती रहेको बताएका छन् ।

काठमाडौंमा आजबाट सुरु भएको दिगो पूर्वाधारका लागि जियोटेक्निक्स विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले नेपालमा ठूलो असर पुर्‍याएको चर्चा गरे ।

“नेपालमा भूकम्प र बाढीपहिरोले देशलाई ठूलो क्षति पुर्‍याएको छ। जलवायु परिवर्तन र ग्लोबल वार्मिङले थप चुनौती खडा गरिरहेको छ । यस्तो अवस्थामा दिगो पूर्वाधार निर्माणका लागि जियोटेक्निक्सको भूमिका महत्वपूर्ण छ,” उनले भने ।

सिंहले अव्यवस्थित सहरीकरण, नदी किनार अतिक्रमण, कमजोर इन्जिनियरिङ संरचनाहरू, तथा निर्माण प्रविधिमा कमीले समस्या झन् जटिल भएको बताए ।

उनले सम्मेलनलाई युवा तथा भू-प्राविधिक इन्जिनियर र भू-वैज्ञानिकहरूका लागि दिगो विकास र आधुनिक प्रविधिबारे सिक्न उपयुक्त मञ्च हुने विश्वास व्यक्त गरे ।

नेपाल जियोटेक्निकल सोसाइटीले आयोजना गरेको तीनदिने सम्मेलनमा २५ भन्दा बढी देशका १५० अन्तर्राष्ट्रिय प्रतिनिधि र ३०० भन्दा बढी सहभागी रहेको छ ।

आयोजक संस्था अध्यक्ष मन्दिप सुवेदीका अनुसार सम्मेलनमा १५ जना प्रमुख वक्ता, १६ विशिष्ट वक्ता, र ९० भन्दा बढी प्राविधिक पत्रहरू प्रस्तुत हुनेछन् ।

सम्मेलन शुक्रबारसम्म चल्नेछ र यसले नेपालमा जियोटेक्निक्सको प्रभावकारी प्रयोगमार्फत दिगो पूर्वाधार निर्माणमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register