यस्तो छ प्रधानमन्त्रीको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डल

काठमाडौं ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ । बैठकले भ्रमण टोलीमा सहभागी हुने सरकारीतर्फ ३९ जना र निजी ४८ गरी ८७ सदस्यीय  प्रतिनिधिमण्डलको टुंगो लगाएको एक मन्त्रीले जानकारी दिए । सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, […]

Nov 28, 2024 - 15:41
 0
यस्तो छ प्रधानमन्त्रीको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डल

काठमाडौं ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ । बैठकले भ्रमण टोलीमा सहभागी हुने सरकारीतर्फ ३९ जना र निजी ४८ गरी ८७ सदस्यीय  प्रतिनिधिमण्डलको टुंगो लगाएको एक मन्त्रीले जानकारी दिए ।

सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सांसद अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, सर्वेन्द्र नाथ शुक्ला, रञ्जिता श्रेष्ठ, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू रामप्रसाद घिमिरे, अमृत बहादुर राई  रहेका छन् ।

यस्तै लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित अन्य सरकारी अधिकारीहरू कृष्ण प्रसाद ढकाल, विष्णु प्रसाद गौतम, मणिरत्न शर्मा, उदय पोखरेल, कमल रावल, ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने, विनोद खनाल, जयश्री शाक्य र अनिता सिंह रहनेछन् ।

यस्तै परराष्ट्र मन्त्रालय अन्तरगतका ७ जना भने यसअघि नै चीन गइसकेका छन् । यसबाहेक ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा जानेछन्  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register