शारीरिक सुगठनलाई सरकारले प्रवर्दन गर्नुपर्ने  : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई गरेको सम्मानले थप हौसला प्राप्त भएको बताए । मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीले माल्दिभ्समा च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई सरकारले गरेको प्रोत्साहन उल्लेखनीय रहेको उनले बताएका हुन् । शारीरिक सुगठन नेपाललाई अन्तर्राष्ट्रिय […]

Nov 20, 2024 - 04:47
 0
शारीरिक सुगठनलाई सरकारले प्रवर्दन गर्नुपर्ने  : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई गरेको सम्मानले थप हौसला प्राप्त भएको बताए ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीले माल्दिभ्समा च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई सरकारले गरेको प्रोत्साहन उल्लेखनीय रहेको उनले बताएका हुन् ।

शारीरिक सुगठन नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउन प्रचुर सम्भावना भएको खेल भएकfले यसलाई सरकारले प्रवद्र्धन गर्नु पर्ने अध्यक्ष श्रेष्ठले उल्लेख गरे । साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

कात्तिक २० गतेदेखि २५ सम्म भएको प्रतियोगितामा नेपालका लागि ४ रजत पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन् ।

रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि र सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जितेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register