हल्दिबारीका कुष्ठरोगीलाई स्वयम् हेरचाह तालिम

झापा, १३ मंसिर । झापाको हल्दिबारी गाउँपालिकाका १८ जना कुष्ठरोगीलाई स्वयम् हेरचाह तालिम दिइएको छ । विश्वास परियोजना अन्तरगत करुणा फाउण्डेशनले बुधबार र बिहीबार गरी दुई दिने दिएको करुणा फाउण्डेशनका कार्यक्रम अधिकृत अंकित पाठकले जानकारी दिनुभयो । कुष्ठरोगी र हात्तीपाइले रोगीलाई तालिम दिने गरिएको उहाँले बताउनुभयो । कुष्ठरोगी र हात्तीपाइले रोगको कुप्रभावलाई कम गर्न र [...] The post हल्दिबारीका कुष्ठरोगीलाई स्वयम् हेरचाह तालिम appeared first on Jhapa Online.

Nov 28, 2024 - 15:42
 0
हल्दिबारीका कुष्ठरोगीलाई स्वयम् हेरचाह तालिम

झापा, १३ मंसिर । झापाको हल्दिबारी गाउँपालिकाका १८ जना कुष्ठरोगीलाई स्वयम् हेरचाह तालिम दिइएको छ ।

विश्वास परियोजना अन्तरगत करुणा फाउण्डेशनले बुधबार र बिहीबार गरी दुई दिने दिएको करुणा फाउण्डेशनका कार्यक्रम अधिकृत अंकित पाठकले जानकारी दिनुभयो । कुष्ठरोगी र हात्तीपाइले रोगीलाई तालिम दिने गरिएको उहाँले बताउनुभयो ।

कुष्ठरोगी र हात्तीपाइले रोगको कुप्रभावलाई कम गर्न र रोगलाई थप बढ्न नदिन तालिम दिने गरिएको बताउँदै उहाँले भन्नुभयो, “तालिमले अंगभंग हुनबाट जोगाउन मद्दत मिल्छ ।”

करुणा फाउण्डेशनले कुष्ठरोगी र हात्तीपाइले रोगीलाई तालिमसँगै उनीहरुको मागको आधारमा जुत्ता, वाकर, वैशाखी, चश्मा लगायतका सहायक सामग्री समेत प्रदान गरिने गरेको छ भने उपचारका लागि परामर्शसँगै यातायात खर्च समेत दिने गरेको छ ।

हल्दिबारी गाउँपालिकाको कार्यालय हाताभित्र दिइएको तालिमको सहजीकरण कार्यक्रम अधिकृत पाठक, सहारा नेपालकी सामाजिक परिचालक मोनिका खड्का लगायतले गर्नुभएको थियो । सामाजिक अवहेलना हुने डरले कुष्ठरोगी र हात्तीपाइले रोगी खुलेर नआउँदा रोग पहिचान र निदानमा समस्या हुने गरेको छ ।

The post हल्दिबारीका कुष्ठरोगीलाई स्वयम् हेरचाह तालिम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register