दिवङ्गत  नेता  रिजालले सुरु गरेका विकास योजनाहरुलाई पूर्णता दिन मेरो उम्मेदवारी : देवेन्द्र पाठक

काठमाडौं यही मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठक अधिक मतदातामाझ लोकप्रिय बनेका छन् ।  समग्र विकास, सुशासन र नागरिकले पाउने सेवाप्रवाहलाई व्यवस्थि तथा छिटो छरितो बनाएर जनताकै सेवामा समर्पण हुने उनको प्रतिबद्धतालाई स्थानीय मतदाताले रुचाएका हुन् । आफ्नो चुनावी अभियानका क्रममा मतदातामाझ घर […]

Nov 28, 2024 - 16:28
 0
 दिवङ्गत  नेता  रिजालले सुरु गरेका विकास योजनाहरुलाई पूर्णता दिन मेरो उम्मेदवारी : देवेन्द्र पाठक

काठमाडौं

यही मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठक अधिक मतदातामाझ लोकप्रिय बनेका छन् ।  समग्र विकास, सुशासन र नागरिकले पाउने सेवाप्रवाहलाई व्यवस्थि तथा छिटो छरितो बनाएर जनताकै सेवामा समर्पण हुने उनको प्रतिबद्धतालाई स्थानीय मतदाताले रुचाएका हुन् ।

आफ्नो चुनावी अभियानका क्रममा मतदातामाझ घर दैलोमा पुगेका रुख चिन्ह बाहक उम्मेदवार पाठकले काठमाडौं वडा नम्बर १६ जनताको मन जितिसकेको र १६ मंसिरमा भारी मतबाट विजयी हुने विश्वास व्यक्त गरे । उनले निर्वाचित भएपछि निवर्तमान वडा अध्यक्ष दिवङ्गत नेता मुकुन्द रिजालले सुरु गरेर अधुरा रहेका योजनाहरु सम्पन्न गर्नुकासाथै नयाँ र जनचाहाना अनुसारका काममा दत्तचित्त भई लाग्ने पनि बताएका छन् । मुकुन्द रिजालले सुरु गरेका विकास योजनाहरुलाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको जिकीर गर्दै उनले  सही नेतृत्व नहुदा यस वडा भित्रको स्केटिंपार्क, बालाजुपार्क, सार्वजनीक शौचालय, बस्ती डुवानलगायतका काम हुन नसकेको भन्दै  ती कार्यहरु गर्नकै लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

मित्रका पार्क, वालाजुपार्कभित्र बन्ने कृतिम झरनामा बजेट व्यवस्थापन गर्ने, सार्वजनीक शौचालय निर्माण, ढंगेधार तथा पार्कहरुको संरक्षण संवद्र्धन, वडा सिमानामा हुने बस्ती डुवानलाई व्इवथापन, ठमेल बजारलाई नयाँ बस्तीसम्म विस्तार गर्ने लगायतका योजना रहेको उनले मतदातालाई बुझाउदै घरदैलो अभियानमा लागेका थिए ।  पाठकको योजना र उनको विगतको सामाजिक कार्यप्रति आम नागरिकहरुले सकारात्मकरुपमा लिएका र सोही अनुसार मतदान गर्ने स्थानीयहरुले समेत बताएका छन् ।  उनी लामो समय देखि सामाजिक क्षेत्रमै क्रियाशील रहेका र जनताका साना ठूला समस्या समाधानका सवालमा तदारुकताकासाथ लाग्ने नेताकारुपमा परिचित छन् । 

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसकै नेता मुकुन्द रिजालले जितेका थिए । उनको गत वर्ष निधन भएपछि यो वडा नेतृत्व बिहिन भएको र धेरै कामहरु बाँकी रहेको छ । तीनै कामलाई सम्पन्न गर्दै नयाँ योजनाहरु ल्याउने विश्वास दिलाएका पाठकलाई मंसिर १६ को उपनिर्वाचनमा निर्वाचित गराउने सिंगो कांग्रेस पार्टी एक भएर लागेको छ भने मतदाताहरुले समेत उनकै पक्षमा खुलेर लागेका छन् ।  यस वडामा पाठक इमान्दार, सहयोगी र नैतिकवान् व्यक्तिका रुपमा परिचित छन् ।   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register