आज उपनिर्वाचन : बिहान ७ बजेदेखि मतदान जारी

काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज (आइतबार) मतदान भइरहेको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा आज बिहान ७ देखि मतदान जारी छ । मतदान आज अपराह्न ५ बजेसम्म चल्नेछ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा पनि मतदान जारी छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, […]

Dec 1, 2024 - 02:23
 0
आज उपनिर्वाचन : बिहान ७ बजेदेखि मतदान जारी

काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज (आइतबार) मतदान भइरहेको छ ।

निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा आज बिहान ७ देखि मतदान जारी छ । मतदान आज अपराह्न ५ बजेसम्म चल्नेछ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा पनि मतदान जारी छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो ।

गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगकी सहसचिव नीता पोख्रेल अर्यालले बताइन् ।

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

स्थानीय तहको उपनिर्वाचन : बिहान ७ बजेदेखि मतदान सुरु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register