जाडोमा जोर्नीको दुखाई कम गर्ने योगासन

काठमाडौं । जाडोमा कतिपयमा जोर्नीको दुखाइ बढ्छ । यदि तपाईं घुँडाको दुखाइबाट पीडित हुनुहुन्छ भने, योगले यो कम गर्न सक्छ । केही योगासनले तपाईंको हड्डी र मांसपेशीको स्वास्थ्यलाई धेरै मात्रामा सुधार गर्न सक्छन् । आउनुहोस्, त्यस्ता केही प्रभावशाली योगासन बारे जानौँ । त्रिकोणासन त्रिकोणासनले हाड र मांसपेशीलाई धेरै बलियो बनाउन सक्छ । यो योगासन अभ्यास […]

Dec 1, 2024 - 08:23
 0
जाडोमा जोर्नीको दुखाई कम गर्ने योगासन

काठमाडौं । जाडोमा कतिपयमा जोर्नीको दुखाइ बढ्छ । यदि तपाईं घुँडाको दुखाइबाट पीडित हुनुहुन्छ भने, योगले यो कम गर्न सक्छ । केही योगासनले तपाईंको हड्डी र मांसपेशीको स्वास्थ्यलाई धेरै मात्रामा सुधार गर्न सक्छन् ।

आउनुहोस्, त्यस्ता केही प्रभावशाली योगासन बारे जानौँ ।

त्रिकोणासन

त्रिकोणासनले हाड र मांसपेशीलाई धेरै बलियो बनाउन सक्छ । यो योगासन अभ्यास गर्न सबैभन्दा पहिले सीधा उभिनुहोस् । अब तपाईंका पाइलाबीच लगभग दुई फिटको दूरी राख्नुहोस् र गहिरो सास लिँदै आफ्नो शरीरलाई दायाँतर्फ झुकाउनुहोस् ।

अब तपाईंले आफ्नो देब्रे हातलाई माथितर्फ लैजानु पर्छ र देब्रे हातको औँलामा दृष्टि केन्द्रित गर्नु पर्छ । यस आसनले तपाईंलाई जोर्नीको दुखाइबाट राहत दिन्छ ।

 

पर्श्वोत्तानास

हड्डी र मांसपेशीको स्वास्थ्यलाई बलियो बनाउन चाहनुहुन्छ भने, तपाईंले पर्श्वोत्तानासन पनि अभ्यास गर्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले दायाँ खुट्टालाई अघि बढाएर ४५ डिग्रीको कोण बनाउनुहोस् र अघि झुक्दै आफ्ना हातहरूलाई तल जमिनमा टेक्नुहोस् । घुँडा नमोडिकन यही स्थितिमा केही क्षण बस्नु पर्छ ।

मलासन

मलासनले पनि तपाईंलाई जोर्नीको दुखाइबाट राहत दिन मद्दत पुर्‍याउँछ । मलासन अभ्यास गर्न दुबै खुट्टाबीच थोरै दूरी राखेर सीधा उभिनुहोस् । अब दुबै हात जोड्दै तल बस्नुहोस् र सास छोड्दै अघि झुक्नुहोस् । त्यसपछि दुबै कुहिनालाई जाँघबीच ९० डिग्रीको कोणमा राख्नुहोस् र सास लिनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register