सिमेन्टको मूल्यमा ‘कार्टेलिङ’, २० प्रतिशतले बढ्यो भाउ

काठमाडौँ । सिमेन्टको मूल्य २० प्रतिशतले बढेको छ । सिमेन्ट उद्योगीहरुले सिमेन्ट भाउ प्रतिबोरा १ सय रुपैयाँले बढाएका हुन् ।  योसँगै यसअघिसम्म प्रतिबोरा ५ सय रुपैयाँ पर्ने सिमेन्टलाई अब भने ६ सय रुपैयाँ पर्नेछ ।  यता निर्माण व्यवसायीहरुले भने सिमेन्टको मूल्यमा ‘कार्टेलिङ’ भएको आरोप लगाएका छन् । विगत एक वर्षदेखि उद्योगीहरुले सिमेन्टको भाउ बढाउन खोजे […]

Dec 1, 2024 - 08:35
 0
सिमेन्टको मूल्यमा ‘कार्टेलिङ’, २० प्रतिशतले बढ्यो भाउ

काठमाडौँ । सिमेन्टको मूल्य २० प्रतिशतले बढेको छ । सिमेन्ट उद्योगीहरुले सिमेन्ट भाउ प्रतिबोरा १ सय रुपैयाँले बढाएका हुन् । 

योसँगै यसअघिसम्म प्रतिबोरा ५ सय रुपैयाँ पर्ने सिमेन्टलाई अब भने ६ सय रुपैयाँ पर्नेछ । 

यता निर्माण व्यवसायीहरुले भने सिमेन्टको मूल्यमा ‘कार्टेलिङ’ भएको आरोप लगाएका छन् । विगत एक वर्षदेखि उद्योगीहरुले सिमेन्टको भाउ बढाउन खोजे पनि केही सिमेन्ट उद्योग भाउ बढाउन तयार नभएपछि सिमेन्टको भाउ बढाउने प्रयासमा सिमेन्ट उद्योगहरु असफल भएका थिए । 

तर, यसपालि अधिकांश ठूला उद्योगहरुको मिलेमतोमा मूल्यवृद्धिसहित सिमेन्टको मूल्य तय भएको व्यवसायीको भनाई छ । 

अर्कोतर्फ सिमेन्ट उद्योगहरुले भने विगतमा सिमेन्टको मूल्यमा एकरुपता नहुँदा कतिपयले लागतभन्दा पनि सस्तोमा सिमेन्ट बेचिरहेको र कतिपयको सिमेन्ट बिक्री नै नुहने स्थिति आएको भन्दै हाल त्यसलाई सच्याउने प्रयास गरिएको बताएका छन् । उनीहरुले यसले बजारमा सिमेन्ट उद्योगहरुबीच स्वस्थ प्रतिष्पर्धा हुने विश्वास व्यक्त गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register