धान काट्न मजदुरको सट्टा रिपर मेसिनको प्रयोग, मेसिन उपयोगी सावित हुँदै

काठमाडौँ । पछिल्लो समय  किसानहरूले धान काट्न मजदुरको सट्टा रिपर मेसिनको प्रयोग गर्न थालेका छन् । सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको हो । धान भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हातेट्र्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी सिद्ध भएको जलेश्वर नगरपालिका-९ का किसान जितेन्द्र […]

Dec 4, 2024 - 07:24
 0
धान काट्न मजदुरको सट्टा रिपर मेसिनको प्रयोग, मेसिन उपयोगी सावित हुँदै

काठमाडौँ । पछिल्लो समय  किसानहरूले धान काट्न मजदुरको सट्टा रिपर मेसिनको प्रयोग गर्न थालेका छन् । सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको हो ।

धान भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हातेट्र्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी सिद्ध भएको जलेश्वर नगरपालिका-९ का किसान जितेन्द्र सिंहले बताए । चिनियाँ कम्पनीद्वारा आविष्कार गरी बजारमा ल्याइएको रिपर मेसिन डिजलबाट सञ्चालन हुने उनले जनाए ।

उक्त मेसिनले एक घण्टामा १० कठ्ठामा लगाइएको धानबाली काट्ने गरेको जलेश्वर नगरपालिका-८ का अर्का किसान अरुण पाण्डेले बताए । रिपर मेसिन आउनुभन्दा अगाडि किसानले उक्त खेतमा लगाएको धान काट्न दुई-तीन लाग्ने गरेको बताए ।

रिपर मेसिन प्रयोग हुनुअघि धान भित्र्याउन धेरै जनशक्ति आवश्यकता पर्ने गरेकामा हाल एक जना मेसिन चलाउने र एक जना काटिएको धान जम्मा गर्ने श्रमिक भए पुग्ने मेसिन प्रयोग गर्नुभएका जलेश्वर नगरपालिका-६ का किसान दिनेश मण्डलको भनाई छ ।

रिपर मेसिनले श्रम र समयको बचत हुनुका साथै धान भित्र्याउने बेलामा मजदुर अभाव हुने समस्या समाधान भएकाले किसानले आफ्नो बिघौँबिघामा लगाएका धान भित्र्याउन रिपर मेसिन वरदान सावित भएको जलेश्वर नगरपालिका-२ का किसान अनिल साहले बताए । रिपर मेसिनको मूल्य स्थानीय बजारमा रु दुई लाख १५ हजार पर्ने उनले जानकारी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register