गणपति लघुवित्त वित्तीय संस्थाले सम्पन्न गर्यो तुल्सिपुरमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त वित्तीय संस्थाको शाखा कार्यालय तुल्सिपुर दाङद्धारा आयोजित वित्तीय साक्षरता कार्यक्रम मंसिर १८ गते तुल्सिपुर उपमहानगरपालिकाकि उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा तुल्सिपुरमा सम्पन्न भएको हो । प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले लघुवित्त संस्थाहरूले आर्थिक उन्नयनमा खेलेको भूमिका प्रसंसनिय रहेको उल्लेख […]

Dec 4, 2024 - 07:18
 0
गणपति लघुवित्त वित्तीय संस्थाले सम्पन्न गर्यो तुल्सिपुरमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त वित्तीय संस्थाको शाखा कार्यालय तुल्सिपुर दाङद्धारा आयोजित वित्तीय साक्षरता कार्यक्रम मंसिर १८ गते तुल्सिपुर उपमहानगरपालिकाकि उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा तुल्सिपुरमा सम्पन्न भएको हो ।

प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले लघुवित्त संस्थाहरूले आर्थिक उन्नयनमा खेलेको भूमिका प्रसंसनिय रहेको उल्लेख गरे । उनले दिदीबहिनीहरूको आर्थिक सशक्तिकरण र उद्यमशीलतामा लघुवित्तको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । सदस्यहरू फजुल खर्च घटाएर उद्यमशीलतामा केन्द्रित हुनुपर्ने र साना लगानीमार्फत आर्थिक सम्वृद्धि हाँसील गर्न सकिने उपमेयर चौधरीले जानकारी दिएका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि नायव प्रमुख कार्यकारी रामप्रसाद सापकोटाले समाजमा लघुवित्तलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदा विभिन्न समस्या उत्पन्न भइरहेको बताए । उनले कर्जा लिँदा संस्थाको नीति, नियम र सेवा प्रणाली बुझेर मात्र कारोबार गर्नुपर्ने जनाए । साथै, पछिल्लो समय वित्तीय साक्षरता कार्यक्रमले सदस्यहरू जागरुक बन्दै गएको समेत उल्लेख गरेका छन् ।

त्यस्तै, आफ्ना ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा प्रदान गर्ने उदेश्यले संचालित उक्त कार्यक्रममा संस्थाको तालिम विकास तथा प्रर्वतन विभाग प्रमुख प्रभुराज थापाले वित्तीय शिक्षा र साक्षरता सम्बन्धि अभिमुखिकरण प्रस्तुति प्रस्तुत गरे । कार्यक्रममा शाखा कार्यालय तुल्सिपुर अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये बर्षका ३ उत्कृष्ठ व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएको थियो ।

८३ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नं १६५ कि केन्द्र प्रमुख कृष्णा गिरीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन तथा सहजिकरण शाखा प्रबन्धक दिपेन्द्र सापकोटाले गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register