बैंकहरुमा पैसा थुप्रियो, राष्ट्र बैंकले फेरी ५० अर्ब तान्दै 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरी ५० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा थुप्रिएको ५० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकमा तरलता राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले बुधबार (मंसिर १९) गते दिउँसो २ बजेभित्र बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।  राष्ट्र […]

Dec 4, 2024 - 07:18
 0
बैंकहरुमा पैसा थुप्रियो, राष्ट्र बैंकले फेरी ५० अर्ब तान्दै 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरी ५० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा थुप्रिएको ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकमा तरलता राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले बुधबार (मंसिर १९) गते दिउँसो २ बजेभित्र बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । 

राष्ट्र बैंकले जारी गरेको निक्षेप संकलन उपकरको म्याद २० दिनका लागि भएको राष्ट्र बैंकले जनाएको छ । अर्थात, राष्ट्र बैंकले बुधबार बोलकबोलमार्फत संकलन भएको निक्षेपको साँवा र ब्याज पुस ९ गते भुक्तानी गर्नेछ । 

बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । कर्जाको माग साह्रै न्यून भएपछि तरलता व्यवस्थापन गर्नै मुस्किल भएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register