सहकारीको खाताबाट ‘हाम्रो पे’ वालेटमा रकम लोड गर्न सकिने 

काठमाडौं । देशभरका पाँच सय बढी सहकारी संस्थाहरूको खाताबाट ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वालेट ‘हाम्रो पे’ बीच यसका लागि सम्झौता भएको हो । सम्झौता अनुसार ‘हाम्रो पे’का प्रयोगकर्ताले एम बैंकको सिस्टममा जोडिएका कुनै पनि सहकारीबाट रकम लोड गर्न सक्नेछन् । अर्कोतर्फ […]

Dec 1, 2024 - 08:35
 0
सहकारीको खाताबाट ‘हाम्रो पे’ वालेटमा रकम लोड गर्न सकिने 

काठमाडौं । देशभरका पाँच सय बढी सहकारी संस्थाहरूको खाताबाट ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वालेट ‘हाम्रो पे’ बीच यसका लागि सम्झौता भएको हो ।

सम्झौता अनुसार ‘हाम्रो पे’का प्रयोगकर्ताले एम बैंकको सिस्टममा जोडिएका कुनै पनि सहकारीबाट रकम लोड गर्न सक्नेछन् । अर्कोतर्फ ‘हाम्रो पे’ मार्फत सहकारीको खातामा सोझै पैसा पठाउन, क्युआर भुक्तानी लगायतका विभिन्न सुविधा पनि छिट्टै लिएर आउने बताइएको छ ।

आफ्ना ग्राहक तथा प्रयोगकर्तालाई डिजिटल कारोबारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ दुई संस्थाबिच सहकार्य भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register