गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो 

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ खुलेको छ । कम्पनीले मंसिर १९ गते (बुधबार) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुला गरेको हो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डमार्फत आइपिओ निष्कासनका लागि पाएको स्वीकृतिको १० प्रतिशत कित्ता आइपिओ वैदेशिक रोजगारीमा रहेको नेपालीका लागि खुलाएको हो । कम्पनीलाई बोर्डले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २२ […]

Dec 4, 2024 - 07:48
 0
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो 

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ खुलेको छ । कम्पनीले मंसिर १९ गते (बुधबार) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुला गरेको हो । 

कम्पनीले नेपाल धितोपत्र बोर्डमार्फत आइपिओ निष्कासनका लागि पाएको स्वीकृतिको १० प्रतिशत कित्ता आइपिओ वैदेशिक रोजगारीमा रहेको नेपालीका लागि खुलाएको हो । कम्पनीलाई बोर्डले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासनको स्वीकृति दिएको थियो । 

हाल बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता सेयर बिक्री खुला गरेको छ । उक्त आइपिओका लागि पुस ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । आइपिओ सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ । आइपिओको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । 

कम्पनीले कुल कित्ताको ३ प्रतिशत (६७ हजार ५ सय कित्ता सेयर) कर्मचारी, ५ प्रतिशत (१ लाख १२ हजार ५ सय कित्ता सेयर) सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ भने बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको रहेको जनाउँछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register