१०२ वर्षीय ज्येष्ठ नागरिकले भोट खसाल्दै भने– धेरै बाँच्दिन होला तर, सन्ततिका लागि देश राम्रो बनोस् !

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१२ का १०२ वर्षीय गोविन्द लामिछानेले स्थानीय तह उपनिर्वाचनमा मतदान गरेर लोकतन्त्रप्रतिको आफ्नो अटल विश्वास पुनः प्रकट गरेका छन् । आइतबार वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा लामिछानेले विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरे । “देशको भविष्य हाम्रो हातमा छ । धैरै बाँच्दिन होला, तर हाम्रो सन्ततिका लागि देश राम्रो […]

Dec 1, 2024 - 09:29
 0
१०२ वर्षीय ज्येष्ठ नागरिकले भोट खसाल्दै भने– धेरै बाँच्दिन होला तर, सन्ततिका लागि देश राम्रो बनोस् !

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१२ का १०२ वर्षीय गोविन्द लामिछानेले स्थानीय तह उपनिर्वाचनमा मतदान गरेर लोकतन्त्रप्रतिको आफ्नो अटल विश्वास पुनः प्रकट गरेका छन् ।

आइतबार वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा लामिछानेले विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरे । “देशको भविष्य हाम्रो हातमा छ । धैरै बाँच्दिन होला, तर हाम्रो सन्ततिका लागि देश राम्रो बनोस् भनेर मतदान गरेँ” मतदानपछि लामिछानेले  भने ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको छ । निर्वाचन कार्यालयले दुईवटा मतदानस्थलको व्यवस्था गर्दै मतदान सहज बनाएको छ ।

१०२ वर्षको उमेरमा समेत मतदान गर्न आएका लामिछानेको सक्रियताले युवादेखि ज्येष्ठ नागरिकसम्मलाई मतदानमा सहभागी हुन प्रेरणा दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register