चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…

काठमाडौं । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका निम्ति अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उनको पोस्टमार्टम गरेन । तर, मृत घोषणा गरिएका रोहिताशलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, रोहिताश बिरामी परेपछि उनलाई परिवार र […]

Nov 23, 2024 - 11:29
 0
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…

काठमाडौं । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका निम्ति अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उनको पोस्टमार्टम गरेन ।

तर, मृत घोषणा गरिएका रोहिताशलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, रोहिताश बिरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर, उनको उपचार नगरीकनै मृत घोषणा गरिएको थियो । र, उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उनको हिन्दु संस्कारअनुसार अन्त्येष्टिको तयारी गरे ।

भारतीय सञ्चारमाध्यमका अनुसार, वास्तवमा उनलाई छारेरोग (मिर्गी)को समस्या देखिएको रहेछ । अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, “एकजना चिकित्सकले पोस्टमार्टम नगरी पोस्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।”

“चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उनी जीवित रहेको र सास फेरिरहेको पाएपछि उनलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भने ।

रोहिताशलाई दोस्रोपटक अस्पताल लगिएको र उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो ।

अधिकारीहरूले अस्पतालको सेवा केही समयका निम्ति बन्द गरिएको जनाएका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register