रास्वपा उम्मेदवारका बाले नै यसरी दिए कांग्रेसलाई भोट !

उनले न त छोरालाई भोट नदिई बाउ हुनुको जिम्मेवारीबाट भाग्न सक्थे, न त बुढेसकालमा पार्टीप्रति घात नै गर्न सक्थे । त्यसैले उनले एउटा चतुर तर, रमाइलो उपाय निकाले ।

Dec 1, 2024 - 10:11
 0
रास्वपा उम्मेदवारका बाले नै यसरी दिए कांग्रेसलाई भोट !

ओखलढुङ्गा । स्थानीय तह उपचुनावको क्रममा ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर- ५ मा एउटा अनौठो र रमाइलो राजनीतिक घटना भएको छ ।

जहाँ एक बुबाले आफ्नो छोरालाई भोट दिएनन्, राजनीतिक आस्था र बिचार फरक रहेकै कारण ।

कांग्रेसका कट्टर समर्थक ७५ वर्षीय उमाकान्त पोखरेल, जसले बीपीको पालादेखि कांग्रेसको झन्डा उठाउँदै आएका थिए । उनलाई यसपटक आफ्नै छोराले धर्म संकटमा पारे ।

पोखरेलका कान्छा छोरा विष्णु पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडाध्यक्ष उम्मेदवार हुन् । तर, पोखरेल आफैँ पार्टीको कार्यसमितिमा कांग्रेसकै वडाध्यक्ष हुन् ।

पार्टीप्रति बफादार पोखरेल  कांग्रेसलाई नै भोट दिन चाहन्थे । तर, छोरा फरक दल रास्वपाको उम्मेदवार भएपछि पोखरेललाई रास्वपालाई मत दिएको आरोप लाग्ने थियो । यसले पार्टीप्रतिको निष्ठामा आँच पुर्‍याउने डर भयो ।

उनले न त छोरालाई भोट नदिई बाउ हुनुको जिम्मेवारीबाट भाग्न सक्थे, न त बुढेसकालमा पार्टीप्रति घात नै गर्न सक्थे । त्यसैले उनले एउटा चतुर तर, रमाइलो उपाय निकाले ।

पोखरेलले आफ्ना पार्टी कांग्रेसका उम्मेदवार घनश्याम दाहालका छोरा महेश दाहाललाई आफ्नो मतपत्र दिए । भने, ‘छाप तिमी लगाइदेऊ ।’

महेशका बुबा कांग्रेस भएकाले उनले भोट बुबालाई हाल्न लगाए । यसरी पोखरेलले आफ्ना छोरालाई मत नदिएर कांग्रेसप्रतिको आफ्नो अटल निष्ठा देखाए ।

एक पिताले आफ्नै छोराको विपक्षमा मत हाल्ने यो अनौठो घटना गाउँमा चर्चाको विषय बनेको छ ।

तर, गाउँलेहरूले यसलाई ‘परिवारभित्र पनि विचारको स्वतन्त्रता रहन्छ’ भन्दै परिवारभित्रको लोकतान्त्रिक संस्कृति र राजनीतिक सहिष्णुताको उदाहरण मानेका छन् ।

कांग्रेसका पुराना कार्यकर्ता पोखरेलको परिवार अझ रमाइलो छ । जेठो छोरा सोमप्रसाद पोखरेल एमालेको वडा कमिटी सचिव छन् भने कान्छो छोरा विष्णु कांग्रेस छाडेर रास्वपाको उम्मेदवार । घरभित्र तीन दलका कार्यकर्ता हुँदा तातो बहस भइनै रहन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register