तीन गोलको अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै बराबरीमा रोकियो सिटी

काठमाडौं । तीन गोलको अग्रता जोगाउन नसक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार मध्यराति भएको खेलमा सिटी तुलनात्मक कमजोर टोली फेयनोर्डसँग घरेलु मैदानमै ३–३ गोलको बराबरीमा रोकिएको हो । इत्तिहाद रंगशालामा घरेलु टोली सिटीका लागि अर्लिङ हाल्यान्डले दुई र इल्के गुन्डोगानले एक गोल गरे । फेयनोर्डका लागि एनिस […]

Nov 27, 2024 - 03:47
 0
तीन गोलको अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै बराबरीमा रोकियो सिटी

काठमाडौं । तीन गोलको अग्रता जोगाउन नसक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार मध्यराति भएको खेलमा सिटी तुलनात्मक कमजोर टोली फेयनोर्डसँग घरेलु मैदानमै ३–३ गोलको बराबरीमा रोकिएको हो ।

इत्तिहाद रंगशालामा घरेलु टोली सिटीका लागि अर्लिङ हाल्यान्डले दुई र इल्के गुन्डोगानले एक गोल गरे । फेयनोर्डका लागि एनिस हाद्ज–मुसा, स्यानियागो गिमिनेज र डेविड हान्कोले गोल फर्काए ।

खेलको ४४औं मिनेटमा हाल्यान्डको पेनाल्टी गोलमार्फत सिटीले अग्रता लिएको थियो ।

यस्तै ५०औं मिनेटमा गुल्डोगानले टोलीको अग्रता दोब्बर बनाए ।

त्यसको तीन मिनेटपछि हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३–० ले अगाडि बढ्यो । तर उ खेलको अन्त्यतिर सम्हालिन सकेन ।

डच क्लब फेयनोर्डले १४ मिनेट भित्रमा तीन गोल गर्दै सिटीबाट दुई अंक खोस्न सफल भयो । थियो । खेलको ७५औं मिनोटमा हाद्ज–मुसाले गोल गर्दा खेल ३–१ को स्थितिमा आयो ।

यसैगरी गिमिनेजले ८२औं मिनेटमा फेयनोर्डका लागि दोस्रो गोल गरे । खेलको अन्तिम समयमा अर्थात ८९औं मिनेटमा हान्कोले गोल गरेपछि खेल ३–३ को बराबरीमा सकिएको हो ।

यो नतिजासँगै पाँच खेलमा आठ अंक जोडेको सिटी लिगको १५औं स्थानमा छ । फेयनोर्ड समान खेलबाट सात अंकका साथ २०औं स्थानमा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register