कांग्रेसले गुमायो जाजरकाेटको नलगाड, माओवादीकी देवका विजयी

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनको मत परिणामअनुसार माओवादीकी  लामिछाने ४ हजार दुई सय ७२ मतसहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी  कांग्रेसकी इन्द्रा चन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरिन् । २०७९ मा भएको निर्वाचनमा […]

Dec 2, 2024 - 03:29
 0
कांग्रेसले गुमायो जाजरकाेटको नलगाड, माओवादीकी देवका विजयी

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् ।

आइतबार भएको स्थानीय तहको उपनिर्वाचनको मत परिणामअनुसार माओवादीकी  लामिछाने ४ हजार दुई सय ७२ मतसहित विजयी भएकी हुन् ।

उनकी निकटतम प्रतिस्पर्धी  कांग्रेसकी इन्द्रा चन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरिन् । २०७९ मा भएको निर्वाचनमा नलगाडको उपप्रमुखमा नेपाली कांग्रेसले जितेको थियो ।

कांग्रेस-माओवादी गठबन्धनबाट उपाध्यक्ष पाएको कांग्रेसले यसपटकको चुनावमा आफ्नो विरासत जोगाउन सकेन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register