उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ?

काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ । कीर्तिपुर र बेलका नगरपालिका तथा गौरीशंकर र सर्केगाड गाउँपालिकाको नतिजा आएसँगै निर्वाचन आयोगले सोमबार मध्यराति निर्वाचनको सबै मत परिणाम घोषणा गरेको हो । कीर्तिपुरको प्रमुख (मेयर)मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३३४ मतसहित विजयी भए । यससँगै उपनिर्वाचन प्रक्रियाबाट […]

Dec 3, 2024 - 00:53
 0
उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ?

काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ । कीर्तिपुर र बेलका नगरपालिका तथा गौरीशंकर र सर्केगाड गाउँपालिकाको नतिजा आएसँगै निर्वाचन आयोगले सोमबार मध्यराति निर्वाचनको सबै मत परिणाम घोषणा गरेको हो ।

कीर्तिपुरको प्रमुख (मेयर)मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३३४ मतसहित विजयी भए ।

यससँगै उपनिर्वाचन प्रक्रियाबाट ४४ वटै रिक्त पदको टुंगो लागेको हो ।

जम्मा ४४ पदमा उपनिर्वाचन हुनुपर्नेमा ३ पदमा यसअघि नै सर्वसम्मत भएको थियो । जसमा २ जना जिल्ला समन्वय समिति (जिसस)का प्रमुख तथा १ जना वडाध्यक्ष रहेका छन् । यसर्थ आइतबार ४१ पदका लागि उपनिर्वाचन भएको थियो ।

आयोगका अनुसार कांग्रेसले ओखलढुंगा र कैलालीका गरी २ जिसससहित १ नगरपालिकाको मेयर र १६ वडामा जितेको छ । जम्म्मा १९ पदमा कांग्रेस विजयी भएको छ । निर्वाचनबाट भने उसले १७ पद हासिल गरेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)ले १ गाउँपालिकाको अध्यक्ष, २ गाउँपालिकाको उपाध्यक्ष र १ नगरपालिकाको उपप्रमुख (उपमेयर) र ७ वटा वडाध्यक्ष (१ सर्वसम्मतसहित)मा जित हात पारेको छ । उसले ११ पद हासिल गरेको छ ।

यसैगरी नेकपा (एमाले)ले १ गाउँपालिका अध्यक्ष, २ गाउँपालिका उपाध्यक्ष र ५ वटा वडामा विजय हासिल गरेको आयोगले जनाएको छ । एमाले ८ पदमा विजयी भएको छ ।

त्यस्तै जसपा नेपालले २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १, नेकपा (एकीकृत समाजवादी)ले १, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले १ र स्वतन्त्र उम्मेदवारले एक स्थानमा विजयी हासिल गरेका छन् ।

समग्रमा धेरै स्थानमा जिते पनि कांग्रेस यसपटक घाटामा गएको छ । पहिले जितेका केही महत्त्वपूर्ण पद उसले गुमाएको छ । कीर्तिपुर नगरपालिकाको मेयर बचाउँदा पनि कांग्रेस घाटामै छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register