नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीमाथि आज पनि थुनछेक बहस हुने

Jun 5, 2023 - 01:16
 0
नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीमाथि आज पनि थुनछेक बहस हुने
नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीमाथि आज पनि थुनछेक बहस हुने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौँ जिल्ला अदालतमा आइतबारदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो ।  

न्यायाधीश न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गर्नुभएको थियो। 

पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गर्नुभएको थियो । सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सोपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1