जागरण सभा स्थलमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ । दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएको   महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एक सूचनामाफर्त जानकारी दिएका छन् । गाछाले जारी गरेको सूचनामा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ […]

Nov 22, 2024 - 15:17
 0
जागरण सभा स्थलमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।

दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएको   महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एक सूचनामाफर्त जानकारी दिएका छन् ।

गाछाले जारी गरेको सूचनामा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००/०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’

एमालेले  शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register