एनआईसी एशिया बैंकका कम्पनी सचिवलाई निलम्बन गर (सम्पादकीय)

काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडका कम्पनी सचिव दिपेन कार्कीमाथि आफ्नै पूर्व कर्मचारीमाथि  दुर्व्यवहार गरेको आरोप लागेको छ भने एक युवतीलाई जागिर लगाईदिन्छु भन्दै गैरकानुनी कागज भेटिएको छ । उनी विरुद्ध प्रहरीमा जाहेरी परेपछि केहि दिन अघि मात्र उनलाई प्रहरीले एक रात थुनी, भोलिपल्ट जाहेरीकर्तासँग मिलापत्रको कागज बनेपछि छोडेको थियो । भलै, जाहेरीकर्ता युवतीले आफुलाई […]

Dec 3, 2024 - 02:23
 0
एनआईसी एशिया बैंकका कम्पनी सचिवलाई निलम्बन गर (सम्पादकीय)
काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडका कम्पनी सचिव दिपेन कार्कीमाथि आफ्नै पूर्व कर्मचारीमाथि  दुर्व्यवहार गरेको आरोप लागेको छ भने एक युवतीलाई जागिर लगाईदिन्छु भन्दै गैरकानुनी कागज भेटिएको छ । उनी विरुद्ध प्रहरीमा जाहेरी परेपछि केहि दिन अघि मात्र उनलाई प्रहरीले एक रात थुनी, भोलिपल्ट जाहेरीकर्तासँग मिलापत्रको कागज बनेपछि छोडेको थियो । भलै, जाहेरीकर्ता युवतीले आफुलाई मिलापत्र करकापमा गराइएको, कागजमा के लेखेको छ भन्नेसमेत थाहा नभएको भन्दै अदालतको बाटो ढकढकाउने तयारीमा छिन् । एकातर्फ आफ्नै पूर्व कर्मचारीमाथि हिंसा गरेको आरोप त अर्कोतर्फ जागिरको प्रलोभनमा गैरकानुनी कागज गरेको आरोप लाग्दा पनि उनी अहिलेसम्म कम्पनीसचिवकै हैसियतमा निर्धक्क काम गरिरहेका छन् । यसमा बैंक व्यवस्थापन, र बोर्डको नियत गलत मात्र देखिएको छैन, यस्ता प्रवृतिलाई संरक्षण गरेको देखिन्छ ।
केहि समय अगाडी बैंकको कन्फेरेन्सको भिडियो खिचेको भन्दै बैंकले केहि महिला कर्मचारीहरुलाई भोलिपल्टै सरुवा गरेको थियो । असहज सरुवा भएपछि उनीहरु जागिर छोड्न बाध्य भएका थिए । उनीहरु पनि आरोपित मात्र थिए, उनीहरुले सो काम गरेको प्रमाणित भईसकेको थिएन । अझ सरुवा भएपछि जागिर छोड्न बाध्य भएकी एक महिला त सो केसमा ‘निर्दोष’ थिइन् । अनि महिलाको केसमा दोषी प्रमाणित नै नभई सरुवा गर्ने बैंकले दिपेन कार्कीले यस्तो हदैसम्मको गैरकानुनी काम गर्दा पनि के कारणले कारवाही भोगिरहनुपरेको छैन ? प्रश्न गम्भीर मात्र होइन, संवेदनशील पनि छ ।
कार्की माथि लागेको दुई गम्भीर आरोप मध्ये पूर्व कर्मचारी महिलामाथिको हिंसाको घटनामा राष्ट्र बैंकको पछिल्लो महिला हिंसा प्रकरण थप पेचिलो बनेको देखिएको छ । एनआइसी एशिया बैंकका कम्पनी सचिवबाट पिडित भनिएकी युवती राष्ट्र बैंकमा उजुरी लिएर जान चाहान्थिन् । तर, राष्ट्र बैंकमै सोहि प्रकृतिको घटनामा हाकिमहरु नै दोषी ठहर भईसकेपछि पीडीत भनिएकी युवतीको भरोसा टुटेको छ ।
अहिले बैंक दिपेन कार्कीलाई संरक्षण गर्नुपर्छ भन्ने लाइनमा देखिएको प्रष्ट छ । तर, कार्कीमाथि जागिर लगाईदिन्छु भनेर जसरी आफ्नै पूर्व महिला कर्मचारीमाथि हिंसा गरेको भन्ने आरोप लागेको छ, यसले बैंकमा काम गर्ने सयौँ महिला कर्मचारीलाई सोच्न बाध्य बनाएको हुनुपर्छ । मात्र, जागिर जाने डरले उनीहरु बोलिरहेका छैनन् ।
दोषी ठहर नभई कार्कीमाथि एक्सन लिनु ठिक होला र ? भन्ने प्रश्न उठ्न सक्छ । जरुर, उनी दुई प्रकरणमध्ये एकमा दोषी ठहर भइसकेका छैनन् । तर उनलाई जागिरबाट भन्दा पनि कम्पनीसचिवको भूमिकाबाट तत्काल निकालिनुपर्छ । कारण, अहिले पनि उनले विभिन्न व्यक्ति प्रयोग गरेर पीडीतलाई थप पीडा हुनेगरी थर्काउन लगाईरहेको आरोप ती युवतीको छ । हिंसा र गैरकानुनी कागजको मनोवृति भएको मान्छेबाट कम्पनी सचिवको भूमिका चल्दैन, चल्नुहुँदैन ।
अर्को कारण, कार्की मात्र बैंकका मामुली कर्मचारी होइनन्, उनी कम्पनी सचिव पनि हुन् । भोलि, साधारणसभामा एउटा महिला हिंसाको आरोपित व्यक्तिले संचालन गरेको सभा कसरी सोभनीय हुन्छ ? एउटा महिला हिंसाको आरोपित व्यक्ति एनआईसी एशिया बैंकको कम्पनी सचिवजस्तो पदमा बसिरहन कुन नैतिकताले दिन्छ ?
कार्कीले बैंकको नामको आडमा गैरकानुनी कागज गरेका छन् । बैंकले उनलाई सामान्य स्पष्टिकरणसमेत सोधेको छैन । यसको अर्थ बैंकको आडमा कतै बैंकका अरु पनि कर्मचारी यस्तै गलत गरिरहेका छन्, र त्यसको संरक्षणमा बैंक छ भन्ने त होइन ? यहाँ ‘बुडी मरी भन्दा पनि काल पल्केको’ पीर छ । उनले ३० दिनभित्र जागिर लगाईदिन्छु भन्दै कुन कानुनलाई टेकेर कागज गरे ? कतै जागिर दिन्छु भनेर उनी अनावश्यक लेनदेनमा त लागिरहेका छैनन् ? बैंकले तत्काल उनीमाथि अनुसन्धान गर्नुपर्छ । उनको सम्पत्ति छानविन गर्नुपर्छ । अन्यथा, यसको जवाफ भोलि साधारणसभामा सेयरधनीहरुले माग्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register