निर्माण व्यवसायी संघ झापाका सदस्य पदका उम्मेदवार गौतम भन्छन्, ‘साना व्यवसायीको हक हितमा काम गर्न मेरो उम्मेदवारी’

झापा, २२ पुस । झापाको बुद्धशान्ति निवासी युवा निमार्ण व्यवसायी गंगाप्रसाद गौतम झापामा चिरपरिचत नाम हो । उनी विगत ७ वर्षदेखि पूर्ण रुपले निमार्ण व्यवसायको कमाण्ड सम्हालेर बसेका छन् । उनी आफ्नो बुबा नेत्रप्रसाद गौतमको प्रेरणा र मार्ग दशर्नबाट निमार्ण क्षेत्रमा आबद्ध भएका हुन् । उनका बुबा झापाकै पुरानो मध्येका एक निमार्ण व्यवसायी हुन् । [...] The post निर्माण व्यवसायी संघ झापाका सदस्य पदका उम्मेदवार गौतम भन्छन्, ‘साना व्यवसायीको हक हितमा काम गर्न मेरो उम्मेदवारी’ appeared first on Jhapa Online.

Jan 6, 2025 - 14:30
 0
निर्माण व्यवसायी संघ झापाका सदस्य पदका उम्मेदवार गौतम भन्छन्, ‘साना व्यवसायीको हक हितमा काम गर्न मेरो उम्मेदवारी’

झापा, २२ पुस । झापाको बुद्धशान्ति निवासी युवा निमार्ण व्यवसायी गंगाप्रसाद गौतम झापामा चिरपरिचत नाम हो । उनी विगत ७ वर्षदेखि पूर्ण रुपले निमार्ण व्यवसायको कमाण्ड सम्हालेर बसेका छन् । उनी आफ्नो बुबा नेत्रप्रसाद गौतमको प्रेरणा र मार्ग दशर्नबाट निमार्ण क्षेत्रमा आबद्ध भएका हुन् । उनका बुबा झापाकै पुरानो मध्येका एक निमार्ण व्यवसायी हुन् । उनका बुबाले इलाम जिल्लामा २०५४ सालमा प्रगतिशील निमार्ण सेवा दर्ता गरेर निमार्ण कार्यमा होमिएका हुन् ।

उनले झापामा त्यही फर्मले २०५६ सालबाट काम गरे । बुबासँगै हिँड्ने, काम गर्ने क्रममा धेरै कुरा सिक्ने र जान्ने मौका पाए । अहिले उनै गंगाले ७ वर्षदेखि पूर्णरुपले उक्त फर्म सम्हालेर काम गरिरहेका छन् ।

निर्माण कर्मसँगै यो क्षेत्रमा आबद्ध व्यवसायीको हकहितका लागि खट्ने सोचका साथ गंगा निमार्ण व्यवसायी संघ बिर्तामोड झापाको १६ औं अधिवेशनमा सदस्य पदमा उम्मेदवार बनेका छन् । भोलि पुस २३ गते निर्वाचनमा गौतमले सबैलाई अमूल्य मत दिएर निर्वाचित गराउन आग्रह गरेका छन् ।

संघमा आबद्ध साना व्यवसायीको हक हितमा काम गर्न र आवाज उठाउनलाई आफ्नो उम्मेदवारी रहेको उनले बताए । पछिल्लो समय संघमा ठूला व्यवसायी मात्र हुँदा साना व्यवसायीको समस्या समाधानमा कसैले पनि चासो नदिने गरेको उनको भनाइ छ । त्यसैले पनि उनले व्यावसायिक हकहितमा लबिङ गर्न संघमा जान आवश्यक रहेको ठहर गर्दै उम्मेदवार बनेको सुनाए ।

स्थानीय निकायमा खुलाइने ५० लाख भन्दा मुनीका टेण्डरमा स्थानीय निकाय तथा क्षेत्रका व्यवसायीलाई संघ मार्फत प्राथमिकतामा राख्न पहल गर्ने बताए । ‘अहिले देशभरका जुनसुकै निमार्ण फर्मले त्यस्ता टेण्डर हाल्दै आएका छन् । जसका कारण स्थानीय व्यवसायीलाई समस्या छन्’, उनले भने, ‘संघ मार्फत नीति नियम बनाउन पहल गर्ने र सोही मुताबिक काम गर्छु ।’

त्यस्तै, निमार्ण सामग्री गुणस्तर प्रयोगशाला संघमै निमार्ण गर्न भूमिका खेल्ने उनको भनाइ छ । अहिले नीजि क्षेत्रले स्थापना गरेको प्रयोगशालामा महँगो शुल्क तिरेर व्यवसायीले काम गराउनु पर्ने स्थिति रहेको उनले बताए । निमार्ण सामग्रीको बजार अस्थिर भएका कारण पनि त्यसलाई स्थिर बनाउन लबिङ र भूमिका सम्बन्धित निकायमा गर्ने उनको भनाइ छ ।

यसैबीच, संघको नयाँ नेतृत्वका लागि आज सोमबारदेखि निर्वाचन प्रक्रिया शुरु हुने निर्वाचन समितिका संयोजक गोपालबहादुर थापाले जानकारी दिए । यस पटक चारसय बढी व्यवसायी अधिवेशनमा सहभागी भएको संघका कार्यालय सचिव ज्योति पौडेलले बताए ।

The post निर्माण व्यवसायी संघ झापाका सदस्य पदका उम्मेदवार गौतम भन्छन्, ‘साना व्यवसायीको हक हितमा काम गर्न मेरो उम्मेदवारी’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register