हवाई भाडा बढ्यो, कहाँ जान अब कति लाग्छ ? (सूचीसहित)

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडा बढाएको छ । मंसिर १५ गते नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै क्यानले आन्तरिक हवाई उडानको भाडादर बढाएको हो । क्यानले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सबैभन्दा धेरै भाडा बिराटनगर-धनगढीको बढेको छ । यो रुटको भाडादर १ सय २५ रुपैयाँले बढेको हो । अबदेखि बिराटनगर-धनगढीको हवाई […]

Dec 4, 2024 - 02:48
 0
हवाई भाडा बढ्यो, कहाँ जान अब कति लाग्छ ? (सूचीसहित)

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडा बढाएको छ । मंसिर १५ गते नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै क्यानले आन्तरिक हवाई उडानको भाडादर बढाएको हो ।

क्यानले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सबैभन्दा धेरै भाडा बिराटनगर-धनगढीको बढेको छ । यो रुटको भाडादर १ सय २५ रुपैयाँले बढेको हो । अबदेखि बिराटनगर-धनगढीको हवाई भाडादर ८ हजार २ सय ४० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेपालगञ्ज-भद्रपुरको भाडा एक सय १५ रुपैयाँले बढेर ७ हजार ४ सय ८० रुपैयाँ पुगेको छ । यता बिराटनगर-नेपालगञ्जको भाडा १ सय १० रुपैयाँले बढेर ६ हजार ८ सय ७५ रुपैयाँ पुगेको छ भने जनकपुर-धनगढीको भाडा पनि एक सय १० रुपैयाँले बढेर ७ हजार २५ रुपैयाँ कायम भएको छ ।

आयल निगमले मंसिर १५ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । इन्धनसँगै बढेको नयाँ हवाई भाडादर बुधबारदेखि कार्यान्वयन हुनेछ । यस्तो छ भाडादरको नयाँ सूची: Hawai bhada

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register