एफवान सफ्टले बनाएका बैंकिङ वालेटमा समस्या, ‘ट्रान्जेसन फेल्ड देखाउँछ, पैसा काट्छ’

काठमाडौँ । एफवान सफ्टले बनाएका विभिन्न बैंकका मोबाइल बैंकिङ सिष्टम र फोनपेमा समस्या देखिएको छ । एफवानसफ्टले बनाएका विभिन्न बैंकहरुको सिष्टम र फोन पेमा ‘ट्रान्जेसन फेल्ड’ भन्ने तर पैसा काटिने समस्या देखिएको हो । विभिन्न बैंकहरुले आइतबार बिहान यस्ता गुनासाहरु थप आएको पुष्टि गरेका छन् । यधपि समस्या बैंकमा नभई फोनपे र एफवान सफ्टले बनाएको […]

Jan 5, 2025 - 05:02
 0
एफवान सफ्टले बनाएका बैंकिङ वालेटमा समस्या, ‘ट्रान्जेसन फेल्ड देखाउँछ, पैसा काट्छ’

काठमाडौँ । एफवान सफ्टले बनाएका विभिन्न बैंकका मोबाइल बैंकिङ सिष्टम र फोनपेमा समस्या देखिएको छ । एफवानसफ्टले बनाएका विभिन्न बैंकहरुको सिष्टम र फोन पेमा ‘ट्रान्जेसन फेल्ड’ भन्ने तर पैसा काटिने समस्या देखिएको हो ।

विभिन्न बैंकहरुले आइतबार बिहान यस्ता गुनासाहरु थप आएको पुष्टि गरेका छन् । यधपि समस्या बैंकमा नभई फोनपे र एफवान सफ्टले बनाएको सिष्टममा भएको बैंकका अधिकारीहरुले बताएका छन् ।

‘ग्राहकको पैसा ट्रान्सफर भएको छ । तर ट्रान्जेसन फेल्ड भन्ने स्कृन देखाईएको छ । यसकारण धेरै ग्राहकले एउटै कारोबार एकपटक भन्दा धेरै गरेको देखिएको छ ।’ एक बैंकका अधिकारीले अर्थ सरोकारसँग भने, ‘बैंकको वालेटमा भन्दा बढि फोनपेमा पनि यस्तै समस्या देखिएको गुनासाहरु आईरहेका छन् ।’

यता फोनपेले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । केही समय अघि मात्र फोनपेकै खाताबाट ह्याकरले पैसा चोरेपछि यतिबेला फोनपे विवादमा छ । एफवानसफ्टले नै बनाएको इसेवा पनि पटक पटक बिग्रन थालेपछि एफवानसफ्टले थप जनशक्ती लगाएर काम गरिरहेको छ । तर काम गर्ने क्रममा उचित सावधानी नअपनाउँदा इसेवा, फोनपे लगायतमा समस्या देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register