दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अंकले घटेर २७५० दशमलव ८७ को विन्दुमा पुगेको छ । बुधबार ३२० कम्पनीका ९६ हजार ६ सय ७७ पटकको कारोबारमा २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर खरिद बिक्री भएको छ । […]

Dec 4, 2024 - 09:42
 0
दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अंकले घटेर २७५० दशमलव ८७ को विन्दुमा पुगेको छ ।

बुधबार ३२० कम्पनीका ९६ हजार ६ सय ७७ पटकको कारोबारमा २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँ रहेको छ ।

१०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये माइक्रोफाइनान्स, हाइड्रोपावर र निर्माण कम्पनीहरू बढेको छ भने बाँकी राताम्मे छन् । आज जोशी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register