राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा ६३ खेलाडी सहभागी हुने

काठमाडौं । नेपाली यूथ फिटनेश एण्ड केलिसथेनिक्स संघको आयोजनामा राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघका अध्यक्ष सुकदेव कार्कीले प्रतियोगितामा देशभरका उत्कृष्ट ६३ जना खेलाडीले सहभागिता जनाउन लागेको जानकारी दिए । प्रतियोगितालाई आकर्षण र सहज बनाउन पुरुष खुल्ला, महिला खुल्ला र जुनियर गरी ३ वटा विधा समावेश […]

Dec 5, 2024 - 11:54
 0
राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा ६३ खेलाडी सहभागी हुने

काठमाडौं । नेपाली यूथ फिटनेश एण्ड केलिसथेनिक्स संघको आयोजनामा राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघका अध्यक्ष सुकदेव कार्कीले प्रतियोगितामा देशभरका उत्कृष्ट ६३ जना खेलाडीले सहभागिता जनाउन लागेको जानकारी दिए ।

प्रतियोगितालाई आकर्षण र सहज बनाउन पुरुष खुल्ला, महिला खुल्ला र जुनियर गरी ३ वटा विधा समावेश गरिएको कार्कीले बताए ।

प्रतियोगितामा पुरुष खुल्ला विधाअन्तर्गत ६२ केजी मुनी, ६२ दशमलव १ केजीदेखि ६९ केजीसम्म, ६९ दशमलव १ केजीदेखि ७७ केजीसम्म, ७७ दशमलव १ केजीदेखि ८५ केजीसम्म र ८५ केजीमाथि गरी पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी महिला खुल्लामा ५८ केजी, ५८ दशमलव १ केजीदेखि ६४ केजीसम्म र ६४ केजीमाथि गरी तीन तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

जुनियर अन्तर्गत २१ वर्षमुनी उमेर समूहबीच प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ । कुल ९ वटा तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा हुने कार्कीले बताए ।

पुरुष र महिला खुल्ला तथा जुनियरअन्तर्गत पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको पुरुष विजेताहरुबाट सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीबाट नेपालको स्ट्रोङ्गेस्ट एथलिटको घोषणा गरिने र जनही ५० हजार रुपैयाँ सहित ट्रफी, मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई नेपाली ब्राण्ड सुर्य प्लाई, लाइफब्वाइ, सिद्धार्थ बैंक, भोग गार्मेन्ट, क्यालिबर सुज, पोसिलो फुड् र एनवाईएफए एजुकेशन कन्सलटेन्सीले सघाएका छन् ।

नेपालमा पावरलिफ्टिङ्ग खेलको उत्थान र खेलाडीको विकास गर्ने उद्धेश्य सहित प्रतियोगिताको आयोजना गर्न लागिएको संघका अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

प्रतियोगिता आगामी शनिबार काठमाडौंको ठमेलस्थित जीएए हलमा हुनेछ । प्रतियोगितालाई सूर्य प्लाई मुख्य प्रायोजन गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register