धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भए यी तीन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा उनीहरूलाई सिफारिस गरेको बताइएको छ  । सन्तोषनारायण श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् भने मुक्तिनाथ श्रेष्ठ धितोपत्र […]

Nov 24, 2024 - 15:47
 0
धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भए यी तीन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।

उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा उनीहरूलाई सिफारिस गरेको बताइएको छ  ।

सन्तोषनारायण श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् भने मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् ।

समितिले यी तीनै जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ ।

बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register