२२ वटा प्रशासन कार्यालय र नेपाली नियोगबाट पुनः सुरु भयो राहदानी सेवा

काठमाडौं । राहदानी विभागले २२ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिएको राहदानी सेवा पुनः सुरु गरेको छ । विद्युतीय राहदानी प्रणालीमाथि  साइबर हमाला भएपछि ५ मंसिरमा बन्द गरिएको राहदानी सेवा क्रमशः फेरि सुरु गर्न विभागले काम गरिरहेको विभागले सूचनामार्फत जानकारी गराएको छ । ‘हालसम्म जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली […]

Dec 5, 2024 - 13:00
 0
२२ वटा प्रशासन कार्यालय र नेपाली नियोगबाट पुनः सुरु भयो राहदानी सेवा

काठमाडौं । राहदानी विभागले २२ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिएको राहदानी सेवा पुनः सुरु गरेको छ । विद्युतीय राहदानी प्रणालीमाथि  साइबर हमाला भएपछि ५ मंसिरमा बन्द गरिएको राहदानी सेवा क्रमशः फेरि सुरु गर्न विभागले काम गरिरहेको विभागले सूचनामार्फत जानकारी गराएको छ ।

‘हालसम्म जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरू गरी २२ स्थानबाट सेवा सुचारु गरिएको र अन्य स्थानहरूबाट क्रमशः तीव्रता पूर्वक काम भइरहेकोले केही दिन भित्रमा सबै स्थानबाट सेवा सुचारु गरिने छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

विभागका अनुसार यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ गरी नियमित प्रक्रियाबाट सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउने काम भइरहेको छ ।

विभागले सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति संवेदनशील रहेको भन्दै असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register