गृहमन्त्रीको पीए बताउँदै अनधिकृत फाइदा लिने पक्राउ, प्रहरीसँग नै माग्थे घुस

गृहमन्त्रीको सचिवालयले अब कुनै पनि अनधिकृत फोन कलमा नपर्न र यस्तो व्यक्तिबाट सतर्क रहन आग्रह गरेको छ ।

Dec 5, 2024 - 12:54
 0
गृहमन्त्रीको पीए बताउँदै अनधिकृत फाइदा लिने पक्राउ, प्रहरीसँग नै माग्थे घुस

काठमाडौं । ‘गृह मन्त्रालयको प्रमुख स्वकीय हुँ’ यसरी आफ्नो परिचय दिने २६ वर्षीय करनसिंह विष्टलाई प्रहरी पक्राउ गरेको छ ।

बैतडीको भीमेश्वर गाउँपालिकाका उनलाई प्रहरीले काठमाडौंको धुम्बाराहीबाट गिरफ्तार गरेको हो ।

विष्टले गृहमन्त्री रमेश लेखकको नाम लिएर प्रहरी प्रशासनदेखि विभिन्न कार्यालयसम्म फोन घुमाउँथे । विश्वास दिलाउन उनले एप ‘ट्रु कलर’मा समेत उनले नाम ‘गृहमन्त्रीको पीए’ राखेका थिए ।

विष्टले आफूलाई गृहमन्त्रीको ‘प्रमुख स्वकीय’ भनेर परिचय दिँदै फोन गरेर ‘दबाबको जादु’ देखाउने अभ्यास गर्दै आएका थिए ।

स्रोतका अनुसार उनले केही ठाउँमा प्रभाव जमाउन सफल भए । उनले प्रहरीलाई नै सरुवा बढुवा गराउने भन्दै पैसा माग्ने गर्थे ।

‘गृहमन्त्रीको नाम बेचेर अनधिकृत लाभ लिने प्रयास गरिरहेको थियो’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी सानुराम भट्टराईले बताए ।

विष्टको पक्राउपछि केही अनौठा घटना पनि बाहिर आएका छन् । उनी फोनमा अजिब–अजिबका ‘दबाब र आदेश’ दिन्थे । कसैलाई जागिरका लागि सहयोग गर्छु भन्थे त कसैलाई ‘प्रभावशाली काम गराउँछु’ भन्दै चिया खर्च पठाउन भन्थे ।

गृहमन्त्रीको सचिवालयले अब कुनै पनि अनधिकृत फोन कलमा नपर्न र यस्तो व्यक्तिबाट सतर्क रहन आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register