पुल्चोकमा इम्बार्क कलेज सञ्चालन

काठमाडौं । व्यावसायिक समूह गोल्छा ग्रुप र युवा, सीप तथा शिक्षाको विकासमा एक दशकदेखिको अनुभव रहेको ग्लोकल प्रालिको सहकार्यमा पुल्चोकमा इम्बार्क कलेज सञ्चालनमा आएको छ । पुल्चोकमा अवस्थित यो कलेजले उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य राखेको छ । यस कलेजले शिक्षा मन्त्रालयबाट मंसिर १३ गते स्वीकृति प्राप्त गरेको […]

Dec 6, 2024 - 07:06
 0
पुल्चोकमा इम्बार्क कलेज सञ्चालन
काठमाडौं । व्यावसायिक समूह गोल्छा ग्रुप र युवा, सीप तथा शिक्षाको विकासमा एक दशकदेखिको अनुभव रहेको ग्लोकल प्रालिको सहकार्यमा पुल्चोकमा इम्बार्क कलेज सञ्चालनमा आएको छ ।
पुल्चोकमा अवस्थित यो कलेजले उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य राखेको छ । यस कलेजले शिक्षा मन्त्रालयबाट मंसिर १३ गते स्वीकृति प्राप्त गरेको हो ।
कलेजले विश्व वरीयतामा शीर्ष १५ प्रतिशतमा र्याङ्क भएको युनिभर्सिटी अफ रोह्याम्प्टन लन्डन (युके) सँगको शैक्षिक साझेदारीमा बिजनेस म्यानेजमेन्ट (बिएससी) (४ वर्ष) र एमबिए (२ वर्ष) जस्ता विषयहरू सञ्चालन गरेको छ । यी विषयहरूको भर्ना प्रक्रिया भने १४ मंसिरदेखि सुरु भइसकेको छ ।
रोह्याम्पटन विश्वविद्यालयका उपकुलपति जेन नोयल इजिनगर्डले करियर केन्द्रित शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले इम्बार्क कलेजसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित रहेको बताए ।
कलेजका अध्यक्ष शेखर गोल्छाले कलेज नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्दै भविष्यप्रति लक्षित गरेर लगानी गरिएको बताए । उद्यमशीलता विकासमा केन्द्रित भएर इम्बार्क कलेजलाई नेपालमा उद्यमशीलताको पावर हाउसको रूपमा स्थापित गर्ने उनको भनाइ छ ।
त्यसै गरी ग्लोकलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले इम्बार्क कलेजको ध्यान युवाको सीप र शिक्षाको विकासमा केन्द्रित रहेको बताए ।
उत्कृष्ट शिक्षाको अनुभव प्रदान गर्ने उद्देश्यले ललितपुरको सुविधा सम्पन्न स्थान पुल्चोकमा कलेज स्थापना गरिएको सञ्चालकहरूले बताएका छन् ।
प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित पूर्वाधारका साथ शिक्षाको गुणस्तरलाई प्राथमिकतामा राखेर, शिक्षा मन्त्रालयले तोकेको १० प्रतिशत पूर्ण छात्रवृत्ति पनि प्रदान गर्ने र त्यसमा विश्वविद्यालय शुल्क समेत समावेश हुने पनि उल्लेख गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register