कास्की अदालतले भन्यो- रवि लामिछानेलाई हिरासतमा सम्मानपूर्वक राख्नु

पोखरा । सहकारी मुद्दा प्रकरणमा पक्राउ परेको रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धानको लागि ५ दिनको म्याद थप गर्दै अदालतले सम्मानपूर्वक राख्न भनेको छ । जिल्ला अदालत कास्कीले थुनुवाको मानव अधिकारको उल्लंघन नगर्न नगराउन भन्दै आदेश दिएको हो । कास्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले म्याद थप र मानव अधिकारको विषयमा आदेश दिएको हो । बिहीबार […]

Dec 12, 2024 - 09:59
 0
कास्की अदालतले भन्यो- रवि लामिछानेलाई हिरासतमा सम्मानपूर्वक राख्नु

पोखरा । सहकारी मुद्दा प्रकरणमा पक्राउ परेको रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धानको लागि ५ दिनको म्याद थप गर्दै अदालतले सम्मानपूर्वक राख्न भनेको छ ।

जिल्ला अदालत कास्कीले थुनुवाको मानव अधिकारको उल्लंघन नगर्न नगराउन भन्दै आदेश दिएको हो ।

कास्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले म्याद थप र मानव अधिकारको विषयमा आदेश दिएको हो ।
बिहीबार म्याद थप वहसका क्रममा विषय उठेपछि न्यायधिशले ‘ मानव अधिकारको उल्लंघन नगर्न नगराउन’ भन्दै आदेश दिएका हुन् ।

सोही इजलासले रविमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको छ ।

रास्वपाले रविलाई चितवनबाट मध्यरातमा पोखरा ल्याएर प्रहरीले मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register