बिहीबार ३३.४२ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ४ कम्पनीको एक करोड २३ लाख ७१ हजार ३ सय १८ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १४ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Dec 12, 2024 - 09:51
 0
बिहीबार ३३.४२ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ४ कम्पनीको एक करोड २३ लाख ७१ हजार ३ सय १८ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको २६ करोड १२ लाख १४ हजार ७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा त्रिसुली जल विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register