परराष्ट्रमन्त्री राणा आज युरोप जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज (शनिबार) युरोप जाँदैछिन् । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दे उनी अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री राणाले सुरुमा नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्नेछिन् । डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’सम्बन्धी सार्वजनिक सुनुवाइमा […]

Dec 7, 2024 - 02:48
 0
परराष्ट्रमन्त्री राणा आज युरोप जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज (शनिबार) युरोप जाँदैछिन् । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दे उनी अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्री राणाले सुरुमा नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्नेछिन् । डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ ।

उक्त सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म नेदरल्यान्ड्सको हेगमा भइरहेको छ । सो कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जाने बताइएको छ ।

उनले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र युरोपियन युनियन (ईयू)का उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरू रहनेछन् ।

उनी डिसेम्बर २० मा स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register