भारतीय सहयोगमा तेह्रथुमको आठराईमा स्वास्थ्य चौकी निर्माण हुँदै, भवनको शिलान्यास

काठमाडौं । भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । उक्त भवन ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत बन्न लागेको नेपालस्थित भारतीय राजदूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ । तेह्रथुम निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार […]

Dec 7, 2024 - 02:36
 0
भारतीय सहयोगमा तेह्रथुमको आठराईमा स्वास्थ्य चौकी निर्माण हुँदै, भवनको शिलान्यास

काठमाडौं । भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

उक्त भवन ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत बन्न लागेको नेपालस्थित भारतीय राजदूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।

तेह्रथुम निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।

भारत सरकारको आर्थिक सहयोग ३ करोड ५४ करोड रुपैयाँको लागतमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिने दूतावासले जनाएको छ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

भारत सरकारको अनुदान सहयोग आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधाहरू सहितको दुईतल्ले स्वास्थ्य चौकी भवन निर्माणका लागि उपयोग गरिनेछ । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो । तेह्रथुम जिल्लामा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिनेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register