नमो: बुद्ध – राजकुमारले आफ्नो मासु बघिनी र डमरूलाई खुवाएको ठाउँ (तस्वीरहरू)

काभ्रेपलाञ्चोक । जिल्लाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र हो, नमो: बुद्ध । समुद्री सतहबाट करिब १,७५० मिटर उचाइमा अवस्थित यो क्षेत्रलाई सुन्दर हिमाल र शान्त वातावरण अनि प्राकृतिक सौन्दर्यले पर्यटक र तीर्थयात्री दुबैलाई आकर्षित गर्छ । धार्मिक किंवदन्तीअनुसार द्वापरयुगमा तत्कालीन तिमाल राज्यका राजकुमार शाक्यसुनी महासत्व एकदिन जङ्गलमा घुम्न गएका बेला निकै भोकाएकी अशक्त बघिनीसँग भेट […]

Dec 7, 2024 - 09:54
 0
नमो: बुद्ध – राजकुमारले आफ्नो मासु बघिनी र डमरूलाई खुवाएको ठाउँ (तस्वीरहरू)

काभ्रेपलाञ्चोक । जिल्लाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र हो, नमो: बुद्ध ।

समुद्री सतहबाट करिब १,७५० मिटर उचाइमा अवस्थित यो क्षेत्रलाई सुन्दर हिमाल र शान्त वातावरण अनि प्राकृतिक सौन्दर्यले पर्यटक र तीर्थयात्री दुबैलाई आकर्षित गर्छ ।

धार्मिक किंवदन्तीअनुसार द्वापरयुगमा तत्कालीन तिमाल राज्यका राजकुमार शाक्यसुनी महासत्व एकदिन जङ्गलमा घुम्न गएका बेला निकै भोकाएकी अशक्त बघिनीसँग भेट भयो ।

बघिनीको अवस्था देखेर राजकुमार महासत्वलाई दया जागेर बाँसको बोक्राले आफ्नो शरीर आफैँले टुक्रा-टुक्रा गरि बघिनी र डमरुहरुलाई रगत र मासु खुवाए ।

त्यहीसमय भगवान बुद्ध प्रकट भइ उनलाई अमिताभ बुद्ध बन्ने आशिर्वाद दिए र राजकुमार महात्सव अभिताव बुद्धको नाममा प्रसिद्ध भए ।

यही धार्मिक कथनलाई आत्मसात् गर्दै अहिले नमो: बुद्ध, बौद्ध तथा हिन्दू धर्मावलम्बीको धार्मिक आस्थाको धरोहर बनेको छ ।

नमो: बुद्धबाट मौसम खुलेको बेला, अन्नपूर्ण हिम शृङ्खला, लाङटाङ, जुगल, गौरीशंकर लगायतका हिमाल देख्न सकिन्छ ।

तस्वीरहरु-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register