धनगढीका प्रमुख हमाललाई थप उपचारका लागि दिल्ली लगियो

सुदूरपश्चिम । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि शनिबार नयाँ दिल्लीतर्फ लगिएको छ । नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उनलाई शुक्रबारराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि शनिबार नयाँ दिल्ली लगिएको जानकारी दिए । श्वास फेर्न समस्या भएपछि गएराति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका […]

Dec 7, 2024 - 15:18
 0
धनगढीका प्रमुख हमाललाई थप उपचारका लागि दिल्ली लगियो

सुदूरपश्चिम । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि शनिबार नयाँ दिल्लीतर्फ लगिएको छ ।

नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उनलाई शुक्रबारराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि शनिबार नयाँ दिल्ली लगिएको जानकारी दिए ।

श्वास फेर्न समस्या भएपछि गएराति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register