रास्वपाको माग- डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गरौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्न माग गरेको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले विज्ञप्तिमा उत्कृष्टलाई छान्ने पद्धतिको विकल्प नरहेको बताउँदै विश्वविद्यालयमा दलीय राजनीति स्वीकार्य नरहेको उल्लेख गरेका छन् । ‘त्रिभुवन […]

Dec 12, 2024 - 14:35
 0
रास्वपाको माग- डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गरौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्न माग गरेको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

उनले विज्ञप्तिमा उत्कृष्टलाई छान्ने पद्धतिको विकल्प नरहेको बताउँदै विश्वविद्यालयमा दलीय राजनीति स्वीकार्य नरहेको उल्लेख गरेका छन् ।

‘त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्ने नयाँ कार्यविधि लागू गरी छनोट प्रक्रिया सुरु गर्दा केही आशा पलाएका थिए तर अहिले जसरी अवरोध सिर्जना गरी पुनः कार्यकर्ता मार्फत केही दलहरूले आफ्नो अभीष्ट पुरा गर्ने प्रयास गर्दैछन्, हामी यसको घोर भर्त्सना गर्दछौँ ‘ उनले भनेका छन्, ‘हामी राजनीतिक हस्तक्षेपमा आधारित नियुक्तिहरू नगर्न, नगराउन प्रतिबद्ध छौँ र योग्यताको कदर हुने प्रणालीको पक्षमा निरन्तर लड्ने छौँ । अहिले त्रिभुवन विश्वविद्यालयले स्थापित गर्न खोजेको उत्कृष्टताको अभ्यासलाई संस्थागत गर्ने प्रयासमा हाम्रो पूर्ण समर्थन रहनेछ । सरकार र सत्तारुढ दलबाट नै उत्कृष्टताको पद्धतिलाई निरुत्साहित गर्ने हर्कतप्रति हाम्रो सदैव आपत्ति रहनेछ ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register