नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन् । इर्खुवा हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड […]

Dec 8, 2024 - 10:31
 0
नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन् ।

इर्खुवा हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register