रविलाई आज म्याद थपका लागि अदालत पुर्याइयो

काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (बिहीबार) कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । लामिछानेलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत पुर्याइएको हो । कास्की प्रहरीका अनुसार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद […]

Dec 12, 2024 - 06:27
 0
रविलाई आज म्याद थपका लागि अदालत पुर्याइयो

काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (बिहीबार) कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

लामिछानेलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत पुर्याइएको हो ।

कास्की प्रहरीका अनुसार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्न लागिएको छ ।

उनीसहित ४ जनालाई आज म्याद थपका लागि अदालतमा पुर्याइएको हो ।

लामिछानेलाई बुधबार पर्साबाट कास्की पुर्याइएको थियो । सानोपाइला सहकारीको बचत रकम अपचलनमा बयानका लागि यसअघि सोमबार उनलाई पर्सा लगिएको थियो ।

सहकारी प्रकरणमा मुछिएका लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् ।

लामिछानेलाई यसअघि बयानका लागि कास्कीदेखि रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register