ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ । दश किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि तमानखोला गाउँपालिकाले एक करोड ४५ लाख ५८ हजार रुपैयाँ विनियोजन गरी काम थालेको गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले जानकारी दिइन् । ढोरपाटनसम्मको यात्रालाई सहज बनाउन थालिएको स्तरोन्नतिका क्रममा सडक चौडा गर्ने, पानीको निकासका […]

Dec 12, 2024 - 06:11
 0
ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति हुँदै

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ ।

दश किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि तमानखोला गाउँपालिकाले एक करोड ४५ लाख ५८ हजार रुपैयाँ विनियोजन गरी काम थालेको गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले जानकारी दिइन् ।

ढोरपाटनसम्मको यात्रालाई सहज बनाउन थालिएको स्तरोन्नतिका क्रममा सडक चौडा गर्ने, पानीको निकासका निम्ति नाली र बोङ्खानीखोलामा कल्भर्ट निर्माण गरिने छ । यो बाटो २०७५ सालमा खुलेको हो ।

तमानखोला–२ का चुलेन्द्र विकले अहिलेको साँघुरो सडक अब फराक भएपछि सबै प्रयोगकर्ताको आवागमन सहज हुने बताए । तमानखोला बाग्लुङको विकट गाउँपालिका हो । यहाँका धेरै स्थानलाई सडक सञ्जालबाट जोड्न बाँकी छ । – रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register