लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आइतबार लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रमलाई लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेशका माननीय सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा […]

Dec 8, 2024 - 15:51
 0
लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आइतबार लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरेको छ ।

कार्यक्रमलाई लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेशका माननीय सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरे। कार्यक्रममा प्रदेश सभा सदस्य, बुटवल उप-महानगरपालिकाका मेयर, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षकहरुका साथै नागरिक समाजका सदस्य एवम् वरिष्ठ भिक्षुहरू, लुम्बिनी विकास कोषका परिषद् र कर्मचारीसहितको  उपस्थिति रहेको  दूतावासले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

दूतावासका अनुसार  आइतबार साँझ  भारत र नेपालका प्रख्यात कलाकारहरुको प्रस्तुति सहितको एक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको  थियो । कार्यक्रमको मुख्य आकर्षण  शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय समूहको बौद्ध धर्मको विषयमा आधारित कथक नृत्यको प्रस्तुति रहेको दूतावासले जनाएको छ । सोही कार्यक्रममा स्वजन रघुवंशी र उनको समूहले परम्परागत नेपाली नृत्य पनि प्रस्तुत गरेका थिए।

महोत्सवको एक हिस्साको रूपमा  आइतबार बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा “भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा” विषयक शैक्षिक गोष्ठी आयोजना गरियो। गोष्ठीमा भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरू सहभागी थिए। उनीहरुले दुवै देशका बौद्ध सम्पदाको सांस्कृतिक र ऐतिहासिक महत्त्वका बारेमा आफ्नो बहुमूल्य अन्तर्दृष्टि साझा गरेको बताइएको छ ।

सोही बिहान कथक नृत्यांगना शिखा शर्मा र उनको नृत्य समूहले कथक नृत्यकला बारे जानकारी गराउँदै रुपन्देहीको रोहिणी-३ स्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग कुराकानी गरे । यस विद्यालयको भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा निर्माण गरिएको हो।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,  ‘जनता-जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै र हाम्रो सांस्कृतिक सम्पदालाई मनाउँदै यस सांस्कृतिक महोत्सवले भारत र नेपालबीचको सदियौं पुरानो, विशिष्ट र घनिष्ट सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको छ। कार्यक्रमले दुई देशबीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई जोड दिएको छ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register