मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । मानव तस्करीका आरोपित कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । आइतबार बिहान अदालतबाट अनुमति लिएपछि उनी बिराटनगरबाट पक्राउ परेका हुन् । उनलाई अहिले केहीबेरमा जहाजबाट काठमाडौं ल्याइँदैछ । नक्कली परिचयपत्र बनाई सङ्गठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता भएका थिए । मन्त्री […]

Nov 10, 2024 - 06:45
 0
मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । मानव तस्करीका आरोपित कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

आइतबार बिहान अदालतबाट अनुमति लिएपछि उनी बिराटनगरबाट पक्राउ परेका हुन् । उनलाई अहिले केहीबेरमा जहाजबाट काठमाडौं ल्याइँदैछ ।

नक्कली परिचयपत्र बनाई सङ्गठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता भएका थिए । मन्त्री अधिकारी पनि फिर्ता भएका थिए ।

मन्त्रीको स्वकीय सचिव बनेर गएका तीन जना पक्राउ परेका छन् । रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई भने अघिल्लो शनिबार समातिएका थिए ।

एकै प्रकृतिको कसुर देखिएको र एउटै समूहमा रहेका व्यक्तिको नेतृत्व गरेका मन्त्री अधिकारीलाई अध्यागमनले सहजै छाडिदिएको थियो । तर एकसातापछि पक्राउ परेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register