सेयर बजारमा १२ अंकको गिरावट

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२ दशमलव ८४ अंकले घटेर २६७६ दशमलव १५ को विन्दुमा पुगेको छ । सोमबार ३१७ कम्पनीका ६२ हजार ७५८ पटकको कारोबारमा १ करोड १५ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम […]

Dec 9, 2024 - 09:39
 0
सेयर बजारमा १२ अंकको गिरावट

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२ दशमलव ८४ अंकले घटेर २६७६ दशमलव १५ को विन्दुमा पुगेको छ ।

सोमबार ३१७ कम्पनीका ६२ हजार ७५८ पटकको कारोबारमा १ करोड १५ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८२२ रुपैयाँ रहेको छ ।

९२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच वटा बढ्दा अन्य राताम्मे छन् । आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register