घण्टौँसम्म रील्स हेर्दै बस्नुहुन्छ ? हुनसक्छ ब्रेन रटको समस्या

एजेन्सी । के तपाईं घण्टौँसम्म मोबाइलमा बेमतलबका रील्स हेर्दै बस्नुहुन्छ ? यदि हो भने तपाईंमा ‘ब्रेन रट’ को समस्या हुनसक्छ । इन्टरनेटको संसारमा सोसल मिडिया प्लेटफर्महरू जस्तै- इन्स्टाग्राम, फेसबूक र टिकटकमा बेकारका पोस्टको कमी हुन्न । यस्ता पोस्टको कुनै अर्थ हुँदैन तर, मानिसहरू निरन्तर स्क्रोल गर्दै बस्छन् । यो बढ्दो प्रवृत्तिका कारण अक्सफोर्ड विश्वविद्यालयले ‘ब्रेन […]

Dec 9, 2024 - 10:47
 0
घण्टौँसम्म रील्स हेर्दै बस्नुहुन्छ ? हुनसक्छ ब्रेन रटको समस्या

एजेन्सी । के तपाईं घण्टौँसम्म मोबाइलमा बेमतलबका रील्स हेर्दै बस्नुहुन्छ ? यदि हो भने तपाईंमा ‘ब्रेन रट’ को समस्या हुनसक्छ ।

इन्टरनेटको संसारमा सोसल मिडिया प्लेटफर्महरू जस्तै- इन्स्टाग्राम, फेसबूक र टिकटकमा बेकारका पोस्टको कमी हुन्न । यस्ता पोस्टको कुनै अर्थ हुँदैन तर, मानिसहरू निरन्तर स्क्रोल गर्दै बस्छन् । यो बढ्दो प्रवृत्तिका कारण अक्सफोर्ड विश्वविद्यालयले ‘ब्रेन रट’ शब्दलाई वर्षको शब्द छनोट गरेको छ । आउनुहोस्, जानौँ ब्रेन रटबारे –

ब्रेन रटमा तीव्र वृद्धि

एक प्रतिवेदनअनुसार सन् २०२३ देखि २०२४ को बीचमा यस शब्दको प्रयोग उल्लेखनीय रूपमा बढेको छ । एक वर्षमा शब्दको प्रयोगमा २३० प्रतिशतको वृद्धि भएकोले अक्सफोर्डले सन् २०२४ को शब्दको रूपमा ब्रेन रटलाई घोषणा गरेको छ । यो एक त्यस्तो बानी हो, जसले केवल हाम्रो समय नष्ट मात्र गर्दैन, हाम्रो मानसिक क्षमता र सोच्ने सक्ने क्षमतामासमेत असर पार्छ ।

सन् १८५४ मा पहिलो पटक प्रयोग

हालै चर्चामा आएको भएपनि ‘ब्रेन रट’ शब्दको पहिलो प्रयोग सन् १८५४ मा हेनरी डेभिड थोरो नामक लेखकद्वारा उनको ‘वाल्डेन’ पुस्तकमा गरिएको थियो । उनले यस शब्दलाई मानसिक र बौद्धिक क्षमतामा ह्रास व्याख्या गर्न प्रयोग गरेका थिए ।

हाल यो शब्द जेन जेड र जेन अल्फा अर्थात् सबैभन्दा नयाँ पुस्ताका युवाहरूबिच तीव्र गतिमा लोकप्रिय बनेको छ । यो शब्दको प्रयोग सोसल मिडियामा बेमतलब रील्स हेर्ने सन्दर्भमा गरिन्छ ।

कति खतरनाक ?

ब्रेन रटको अर्थ हो ‘दिमागको क्षय’ । विशेषज्ञले पनि यस बानीको प्रभावलाई खतरनाक बताएका छन् । विशेषज्ञकाअनुसार मोबाइलमा घण्टौँ बेमतलब रील्स हेर्ने बानीले हाम्रो दिमागको कार्य क्षमतामा असर पार्न सक्छ । यस्ता रील्स हेर्दै जाँदा हाम्रो दिमागको सोच्ने र बुझ्ने क्षमता कम हुन थाल्छ र यो सामान्य कुराहरूमा सीमित हुन थाल्छ, जसले विश्लेषण गर्ने हाम्रो क्षमतामा असर पार्न सक्छ ।

धेरैजसो अभिभावकले सानो बच्चालाई व्यस्त राख्न मोबाइल दिन्छन् । युवाहरू पनि समय बिताउन मोबाइलमा बेमतलब कुराहरू हेर्दै बस्छन् । यी सबैको दिमागमा असर पर्छ ।

ब्रेन रट कारण ध्यान केन्द्रित गर्नमा कठिनाइ, उत्पादनशीलतामा कमी, निर्णय लिनमा कठिनाइ, कुराहरू सम्झनमा कठिनाइ, ध्यान दिने क्षमतामा कमी, तनाव, चिन्ता, वा डिप्रेसनको भावना, आत्म–आलोचना र असन्तोषको समस्या हुनसक्छ ।

बच्ने उपाय

मोबाइल बिना जीवन चलाउन अलि कठिन नै होला, कहिलेकाहीँ हामी सबैले स्क्रोल गर्छौँ । मोबाइलमा बेमतलब रील्स हेर्नुको सट्टा केही सिक्ने वा बुझ्ने सामग्री हेर्नु उपयोगी हुन्छ । यसले हामीलाई सिक्ने अवसर दिनेछ र ब्रेन रटबाट बच्न मद्दत गर्नेछ । साथै, मोबाइल स्क्रोलको समयलाई नियन्त्रित गर्नु महत्त्वपूर्ण छ ।

हरेक व्यक्तिले यसका लागि समय बनाउनुपर्छ । एक पटकमा कति समयसम्म मोबाइल स्क्रोल गर्ने भन्ने नियम बनाउनु पर्छ । प्रतिदिन केही समय मोबाइल बिना बिताउने नियम पनि यसका खतरनाक प्रभावहरूबाट बच्न मद्दत गर्न सक्छ । यस्ता केही उपायहरू अपनाएर हामी ब्रेन रटका प्रभावहरूबाट बच्न सक्छौँ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register